गुरुङ हत्याको थप रहस्य खुल्दै

0
297

झापा ।

बिर्तामोडको बसपार्क क्षेत्रमा नवीन्द्र गुरुङको हत्याको विषयमा थप रहस्य खुल्दै गएको छ ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–१० निवासी कुमार सुब्बा भन्ने कुमार आङ्दम्वे रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले उनलाई मेचीनगरस्थित काँकरभिट्टाबाट पक्राउ गरेको हो ।

दशैंको नवमीका दिन तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयमा भएको विवादमा अर्जुनधारा–११ टेकबहादुर गिरी नयाँ बसपार्क एरियामा २५ वर्षीय गुरुङको हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि इलाम–९ स्थायी घर भई अर्जुनधारा–११स्थित ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटेलका स्टाफ २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ स्थायी घर भई होटेलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षीया विमला राईलाई असोज २० गते नै पक्राउ गरेको थियो ।

होटेलको पहिलो तलामा सञ्चालक अधिकारी, स्टाफ आचार्य, मृतक गुरुङ र कुमार सुब्बाबीच मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा हुँदा अचार पिस्न प्रयोग गरिने लोहोरो प्रहार गरी उनीहरुले गुरुङको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here