ताइवानवासीको स्वतन्त्रता चाहना

0
147

ताइवान,

वर्षको सेप्टेम्बरमा एक सेवा निवृत्त प्राविधिक अर्बपतिले गरेको घोषणाले ताइवानमा ऊर्जाको सञ्चार भएको छ। कपाल फुलेका र परिपक्व ती व्यक्तित्वको कुरा अहिले धेरै चर्चामा छ। उनले नागरिक सेना तयार गर्नका लागि एक अर्ब ताइवान डलर खर्च गर्न तयार रहेको जनाएका छन्।

व्यावसायिक कपडा भन्दामाथि बुलेट प्रुफ ज्याकेट लगाएका रोबर्ट टी साओले चीनविरुद्ध लड्न सबै खर्च गर्न तयार रहेको जनाएका हुन्। तीन वर्षको बीचमा त्यसको कुल जनसंख्याको सात भागको एक भाग ३० लाख जनालाई सैन्य तालिम दिने उनको लक्ष्य छ।

कर्मचारी, पसले र अभिभावक सबै जनालाई उनी बन्दुक बोक्न सिकाउँदै छन्। साथमा उनले तीन लाख जना सार्प सुटर तयार गर्ने योजनासमेत बुनेका छन्। यो काम सहज नभएको उनलाई राम्रोसँग थाहा छ। तर, कुनै पनि हालतमा यो सबै गरेर छाड्ने कुरामा उनी प्रतिबद्ध छन्।

उनी सिंगापुर पासपोर्ट छाडेर नयाँ ताइवान पासपोर्ट लिने योजनामा छन्। ‘मैले बुझे अनुसार ताइवानी जनता कुनै पनि हालतमा आफ्नो देशलाई जोगाउन चाहन्छन्। उनीहरू चिनियाँ हस्तक्षेपलाई स्वीकार्ने पक्षमा छैनन्’, उनले भनेका छन्।

चीनमा जन्मेर ताइवानमा हुर्केका सावोले युनाइटेड माइक्रो इलेकट्रोनिक्स कर्प सेमी कन्डक्टर कम्पनी खडा गरेको छ। कम्पनीे अहिले संसारभर नै स्थापित भएको छ। व्यापारीको रूपमा उनको सुदूर पश्चिमसँग थुप्रै कारोबार हुन सक्छन्। इतिहासका विद्यार्थी भए अनुसार उनले थुप्रै दशकसम्म राजनीतिक बहस चलाएका छन्। सन् २००७ मा उनले भिन्न पहिचानको नयाँ अवधारणा ल्याएका हुन्।

अहिले उनी सम्भाव्य आक्रमणबाट बच्न तयारी गर्नका लागि अन्य थुप्रै जनाको तयारी गर्ने सोचमा छन्। अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङ लगातार तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को नेतृत्वको लागि तयारी गरिरहेका छन्। माउत्सेतुङको समयपछि लामो समयसम्म सत्तामा राज भएको सीकै पालमा हो। ताइवानलाई आफ्नो मातहतमा राख्न सीले यस क्रममा आफ्नो प्रयासलाई अझ बढी निरन्तरता दिने छन्।

पछिल्लो दशक सैन्य प्रभाव बढाएको कारण नै आफू अर्को कार्यकालका लागि नेतृत्वका लागि लायक भएको उनको दाबी छ। उनले अन्य दाबी पनि प्रस्तुत नगरेका होइनन्। परन्तु, पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि अहिले धेरै नै बढेको छ। चीन मिनल्यान्ड र ताइवान बीचको १६० किलोमिटर लामो ताइवान स्ट्रिटमा उनीहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ।

यो गतिविधिले ताइवानीलाई आजित नै बनाएको छ। धेरै अगाडिदेखि आफ्नै जीवनमा खुसीयाली साथ रमाइरहेका ताइवानवासीका लागि सन् २०१९ मा हङकङमा विकास भएको घटनाक्रमले अझ चिन्ता थपेको छ। कतै आफ्नो देशमा त यसै अवस्था हुने होइन भन्ने चिन्ता उनीहरूमा छ। यो वर्ष विश्व राजनीतिमा भएको अर्को घटनाले ताइवानवासीलाई चिन्तामा धकेलेको हो। टी साओलाई पनि चिन्ता लागेको विषय चाहिँ युक्रेन माथि रुसले गरेको आक्रमण नै हो। यसले पनि उनीहरूले आफूलाई चीनबाट असुरक्षित महसुस गरेका हुन्।

अगस्ट महिनामा अमेरिकी सभामुख नेन्सी पोलीसीले ताइवानको भ्रमण गरेपछि विवाद अझ बढेको हो। यसपछि नै बेइजिङले एक किसिमको रिहर्सल गरेको आरोप एका थरीको छ। १०० एयरक्राफ्ट, १० डिस्ट्रोयर र अन्य केही युद्ध पोतले एक साता भन्दा लामो समय ताइवानलाई घेरेर राखेका थिए। चीनले सब मारिन र मिसाइल प्रहार गर्ने दर्जनौँ युद्ध साधन त्यहाँ लगेको थियो।
टी साओका लागि यो अझ घतलाग्दो विषय थियो। उनको नजरमा त्यस भन्दा अगाडि नै चिनियाँ कम्युनिस्ट पार्टी सरकारको रूपमा प्रस्तुत हुने माफिया सिन्डिकेटको स्वरूप हो। ‘मैले मेरो प्रतिबद्धता देखाउन चाहेको हुँ। म जस्ता चीनका धेरै व्यवसायीले यस बारेमा चासो दिन जरुरी छ, ’ टी साओले भने।

ताइवानको कमजोर रक्षा संयन्त्र देखेर ती अर्बपतिले सैन्य ड्रोनको समेत तयारी गरेका छन्। ताइवानले आफ्नो कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत बजेट सुरक्षा संयन्त्रका लागि खर्चने गरेको छ। अमेरिकाले सन् २०१० यता त्यहाँ २३ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गरेको छ। २०२० यता मात्र ६ अर्ब अमेरिकी डलर बिक्री गरेको हो। चीनले भने यसै शीर्षकमा कम्तीमा यसको १५ गुणा खर्च गरेको छ। बेइजिङ सत्ताका नेभी सेना र पीएलए समेत गरेर २० लाख भन्दा बढी सेना छन्। पाँच लाख वैकल्पिक नेभी र पीएलए सेना तैनाथ नै छ। यस कारण ताइवानका लागि सुरक्षा अहिले चासोको विषय बनेको छ।

‘अहिलेको लडाइँ भनेको सेनाको सङ्ख्याले मात्र निर्धारण गर्दैन। यो त युद्ध कलाले गर्छ भन्ने कुरा रुस र युक्रेनको जारी युद्धले पुष्टि गरेको छ’, टी साओले भने। युद्धका लागि शक्ति होइन चाहना पनि आवश्यक छ। ताइवानको सेनाको शक्ति सन् १९९० देखि यता कमजोर बनेको छ। त्यस भन्दा अगाडि प्रत्येक नागरिक कम्तीमा दुई वर्ष सेनामा आबद्ध हुन आवश्यक भए पनि त्यसपछि त्यो हटाएर चार महिनाको समय सीमा राखिएको थियो। त्यस समय सीमालाई बढाउने बारेमा फेरि बहस सुरु भएको छ। भर्खरको पोल पनि समय फेरि बढाएर दुई वर्ष बनाउने पक्षमा छ।

पेलोसीको भ्रमणपछि टी साओले धेरै विषयको खोजी गरेका थिए। यसै क्रममा सन् २०२१ मा स्थापना भएको सुरक्षा प्रशिक्षण केन्द्र कुन्ता एकेडेमी फेला परेपछि यसलाई पनि विस्तार गर्न अहिले उनले चासो दिइरहेका छन्।

ताइवानका विधायक तथा संसद्को सुरक्षा समितिका पूर्व प्रमुख वाङ टिङ युले टी साओ अहिले एक्लो देखिए पनि उनको यो अभियान तीव्र रूपले अगाडि बढ्ने बताउँछन्।

टी साओले केही गर्न चाहे जस्तै अहिले धेरै जना सैन्य प्रशिक्षण लिन इच्छुक छन्। अमेरिका शासित क्षेत्र ग्वाममा गएर प्रशिक्षण गर्ने इच्छा त्यहाँका धेरै जनामा छ। २७ वर्षीया क्लारी ली त टी साओलाई अहिले आफ्नो अभिभावकको रूपमा व्याख्या गर्न चाहन्छिन्। उनी यस प्रशिक्षणको योजनाबाट धेरै नै उत्साहित भएकी छन्।

ताइवानमा धेरै धनी मानिस छन्। अर्बौ सम्पत्ति भएका धेरै छन्। तर, अहिले उनले जे गरे त्यो साँच्चै आश्चर्य जनक छ। त्यसको त प्रशंसा गर्नु नै पर्छ’, लीले भनिन्, ‘जब आफ्नै अनुहारमा बन्दुक तेर्सिन सुरु हुँदैन तबसम्म मानिसहरू खराब दिन आइ सकेको आकलन नै गर्न सक्दैनन्।’

ली कै विचारमा धेरै जनालाई स्वतन्त्र ताइवान या चीनमा गाभिएको ताइवानको बीचमा कुनै फरक नहुने केबल बाच्न मात्र पाए पुग्ने भन्ने सोच भएको उनको अनुभव छ। तर, जब अवस्था खराब हुन थाल्छ त्यस समयमा पक्कै स्वतन्त्रताको महत्त्व हुन्छ।

धेरै ताइवानीलाई कुनै पनि दिन युद्धको घोषणा हुनसक्ने आशङ्का छ। नेन्सीको भ्रमणपछि अमेरिकाले ताइवानलाई सहयोग गर्ने कुरामा आश्वस्त तुल्याइसकेको छ। त्यो विश्वास र टी साओको अभियानले ताइवानमा नजानिँदो आत्मविश्वास पलाएको छ।

ताइवानको एक उत्साही युवा भन्छन्, ‘यो अभियानले देशको स्वतन्त्रताका लागि ताइवानीमा एउटा आगो र तुफान सल्किएको छ। सायद त्यसले अब धेरैलाई राहत दिनेछ।
स्रोत : बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here