नवप्रभातको सभामा सम्मान

0
179

दुहागढी । 

नवप्रभात बचत तथा ऋण सहकारी संस्था भद्रपुर—९ ले १२ जनाभन्दा धेरै ब्यक्तिलाई सम्मान गरेको छ ।

स्थानीय कृष्ण प्रणामी मन्दिर परिसरमा सम्पन्न संस्थाको ११ औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कक्षा ८, एस.ई.ई. र कक्षा १२ को परीक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने सेयर सदस्यका संन्ततिहरु सम्बन्ध कटुवाल, दिप्ती रेग्मी, सन्ध्या घिमिरे, निस्मा ढुङ्गाना लगायत ६ जनालाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ठ बचतकर्ताहरु टेक ब. रोक्का, कमल पराजुलि, सम्झना भेट्वाल, असल ऋणीहरु सुकमति राजवंशी र सावित्रा पोखरेललाई समेत सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उप—प्रमुख राधा कार्की बिशिष्ठ अतिथिहरु भद्रपुर ९ नं. वडाका वडा अध्यक्ष राम दाहाल र मेचीनगर १४ नं. वडाका वडा अध्यक्ष बाबुलाल सुब्बाले संयूक्त रुपमा सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष भवानी प्रसाद शर्मा सापकोटाले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक राजन गौतम, बाल सुबोधिनी मा. वि. का प्रधानाध्यापक विश्व थापा, शिक्षासेवी गोपाल कृष्ण मैनाली, समाजसेवी अनिल ढुङ्गाना, विशिष्ट अतिथिहरु दाहाल, सुब्बा र प्रमुख अतिथि कार्कीले मन्तब्य राखेका थिए ।

संस्थाका व्यवस्थापक खगेन्द्र ढुङ्गाना र सह सचिव मिलन सिवाकोटीले संयूक्त रुपमा संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष दाताराम तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here