बिर्तामोडका डिएसपी कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

0
228

बिर्तामोड, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका छन् ।
६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादन लगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवरलाई पुरस्कृत गरेको हो । प्रहरी प्रधान कार्यालयले कुँवरलाई प्रदान गरेको पुरस्कार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रदान गरेका हुन् ।
उनले अर्जुनधारामा भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए । उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीको समितिले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गर्न लागेको हो ।
कुँवरले संखुवासभाको एकै परिवारका पाँच जनाको हत्यामा संलग्न आरोपीलाई समेत पत्ता लगाएका थिए ।
कुँवरले नेपाल प्रहरीको पेसागत मर्यादालाई आत्मसात गर्दै सुरक्षित समाज निर्माणको लक्ष्य प्राप्तिमा कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट काम गरेको भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here