बिर्तामोड नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम सम्मिलित पुस्तक सार्वजनिक

0
321

झापा, झापाको बिर्तामोड नगरपालिकाको कार्यालयले आर्थिक बर्ष २०७९÷८० का लागि बनाइएको नीति, बजेट तथा कार्यक्रमसम्मिलित पुस्तक सार्वजनिक गरेको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलगायत अन्य जनप्रतिनिधिहरू संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले ठूला कार्यक्रम गर्न बन्चित गराएकाले पत्रकार सम्मेलनमार्फत पुस्तक सार्वजनिक गरिएको नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो ।
उहाँले पुस्तकमा रहेका नीति, बजेट तथा कार्यक्रम पालनाका निम्ति नगरपालिकाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले राजनीतिक दलका प्रतिनिधिहरूको संलग्नता हुन पाउँदा अझ कार्यक्रमको प्रभावकारिता बढ्ने भए पनि निर्वाचन आचारसंहिताका कारण खुम्चिनु परेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नीति तथा बजेट निर्माणमा सकारात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here