छविराज ढकाल
असोज ,
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कानेपोखरी- ६ की कानेपोखरी आईटिफका प्रशिक्षक गुरु इन्दिरा थापाले रजत पदक दोश्रो स्थान जितेकी छिन्।
आज सोमबार प्रदेश १ बाट कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको प्रतिनिधित्व गर्दै थापाले रजत पदक हासिल गरेकी हुन्।
एपिएफ, कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई हराउँदै उनले उपाधी जितेकी थिइन् ।
गण्डकी प्रदेशको सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ सम्म सञ्चालन भइरहेको छ। उनले ९४०(५०केजी तौल समूह अन्तर्गतको खेलमा दोस्रो स्थान ल्याएर कानेपोखरीको नाम राख्न सफल भएकी छिन् ।
तेक्वाण्डो खेल बाग्लुङ जिल्लामा रहेको छ । हालसम्म १ नं। प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ । छोटो समयमा कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गले धेरै प्रगति गरिरहेको र निकट भविष्यमा कानेपोखरीलाई खेलको माध्यमबाट राष्ट्रमा मात्र हैन स अन्तर्राष्टियलाई कानेपोखरीलाई चिनाउने उदेश्य रहेको कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको प्रमुख युवराज भुजेलले जानकारी दिनु भयो ।































