प्रथम माई आइडलको पहिलो चरण सम्पन्न

0
297

विमल दहाल
इलाम, प्रथम माई आइडल अन्तर्गत प्रथम चरणको अडिसन सोमवार दानाबारीमा सम्पन्न भएको छ।

पारिजात युवा समुह माई नगरपालिकाको आयोजनामा भएको प्रतिभा छनौट कार्यक्रममा माई नगरकै गहना राष्ट्रिय कलाकार नायक श्रीदेव भट्टराईको प्रमुख आतिथ्य, सङ्गीत गुरु दीपक रायमाझी प्रमुख निर्णायक रहनुभएको थियो। चिसापानी र महमाईमा यस अघिनै प्रथम अडिसन सम्पन्न भएको र सोमबार दानाबारी अडिसन सम्पन्न गरिएको हो। दानाबारीको अडिसनमा १८ जना सहभागी मध्ये ८ जना छनौट भएका छन। यस अघि चिसापानीबाट ८ जना र महमाईबाट ९ जना गरि २५ जना छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष अनिलकुमार तामाङ्ले जानकारी दिनुभएको छ।

माई अडिसनबाट अस्मिता श्रेष्ठ,केशव दुलाल,निरोज मगर, दृश्या राई, सुनिल राई, गौरव खड्का, श्याम लिम्बू र सुमन राई छनौट भएका छन् । यसअघि चिसापानी अडिसन असोज १७ गते भएको थियो। सो अडिसनमा स्पन्दन खडका माइ ९, सुवास रामदाम ९, एलिस राई ९, किरण अधिकारी ९, अमृत परीयार ९, मनु खाती १०, अरुण खाती १० र रुजुका बुर्जा मगर १० छनौट भएका छन् ।

त्यस्तै महमाई अडिसन असोज २९ गते सम्पन्न भएको थियो। सो अडिसनमा सहभागी मध्येबाट ९ जना छनौट भएका थिए। छनौट भएका मध्ये शान्ता लिम्बू माई -६ लाई सिधै टप टेनको सूचीमा चयन गरिएको आयोजकले जनाएको छ भने अन्य छनौट भएकाहरूमा निरुता तामाङ माई -१,नविना मगर माई -७, रेस्मा लिम्बू माई -१०, आशिष कालिकोटे माई-१०, अञ्जना सिंचिउरी माई -६, जेनी साम्पाङ माई ६, विवेक तामाङ माई ७, रोहित राई माई ७ रहेका छन।

आयोजना संस्थाका अध्यक्ष अनिल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पवित्रा बुर्जा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। दोस्रो तथा अन्तिम प्रतिभा छनौट कार्यक्रम तिहार पछी तय गरिने आयोजक संस्थाका अध्यक्ष तामाङले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here