मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु, दुई जना घाइते

0
278

झापाको चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक नाबालिकासहित दुईजना घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नं को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ५५८० नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मे ५प १६०४ नं को मोटरसाइकलका चालक बाह्रदशी २ बस्ने २५ वर्षिय अनिश साउदेन र मे ३ प ५५८० नं को मोटरसाइकलका चालक बाह्रदशी ६ का ४३ वर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो । दुवैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनामा मे ३ प ५५८० नं को मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षिया चन्द्रकला भुजेल र छोरी ९ वर्षिया प्रसन्ना भुजेल घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here