झापामा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रतिबद्ध छु- एसपी पोखरेल

0
406

विश्वमणि पोखरेल – प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय,झापा


 

विधिवत रुपमा नेपाल प्रहरी संगठन स्थापना भएको सुखद् अवसरमा देश र जनताको सेवामा समर्पित रही कर्तव्यको बलिवेदीमा प्राण उत्सर्ग गर्ने प्रात स्मरणीय वीर शहीद प्रहरीहरु प्रति जिल्ला प्रहरी कार्यालय झापा परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
राष्ट्र र नागरिकका सेवाका खातिर प्राण उत्सर्ग गरेका तमाम वीर सपुतहरुको कर्तव्यपरायणता र समर्पणभावले सत्य, न्याय र निष्ठाको पथमा हामीलाई निर्भीक र अविचलित भई अगाडि बढ्ने प्रेरणा दिएको छ । यही प्रेरणाले कर्म क्षेत्रमा थप कटिबद्ध रहन हामीलाई ऊर्जा मिलेको छ । चुनौतिसँग जुध्ने, अन्याय
र अपराधलाई निर्मुल पार्ने सामथ्र्य बोकेको नेपाल प्रहरी संगठनको इतिहास आफैँमा गौरवमय रहेको छ । निष्ठावान सदस्यहरुको व्यावसायिक समर्पण भाव, निःस्वार्थ योगदानले नेपाल प्रहरीको छवि र गरिमालाई नयाँ उचाई प्रदान गरेको छ ।
कानूनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन बिषय हो, जसले न्याय र सुरक्षाको प्रत्याभूत गर्दछ । त्यस्तै गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुन नसक्ने पक्ष हुन् । यी पक्षहरुको अभावमा मात्र हाम्रा सेवाहरु जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन् ।
विगतमा झैँ आगामी दिनमा समेत जिल्ला प्रहरी कार्यालय झापाका काम कारवाहीहरु जनमुखी, पारदर्शी र सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने किसिमका रहने साथै प्रहरी काम कारबाहीलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत यस पावन घडीमा व्यक्त गर्न चाहन्छौँ । मानव अधिकारको संरक्षण, सम्मान र सम्बद्र्धन प्रति जिल्ला प्रहरी कार्यालय झापा लगायत सिंगो प्रहरी संगठन नै संवेदनशील रहेको र आगामी
दिनमा समेत नागरिक अधिकारहरुको सम्मान एवम् संरक्षणलाई निरन्तरता दिँदै प्रहरी काम कारवाहीहरुमा उच्च व्यावसायिकता प्रदर्शन गर्ने प्रतिबद्धता यसै कार्यक्रम मार्फत निवेदन गर्न चाहन्छु ।
मुलतः अपराध नियन्त्रण र अनुसन्धानको जिम्मेवारी वहन गर्दै आएको यस संगठनको एकल प्रयासबाट मात्र समाजमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुन नसक्ने भएको हुँदा सार्वजनिक सुरक्षाको बहुआयामिक दायित्वमा नागरिक समाजको सद्भावपूर्ण सहभागिता र साझेदारिता अपरिहार्य रहेको हुन्छ ।
नेपाल प्रहरी समाजको एउटा सेवक र नागरिक समाजको अभिन्न अङ्गको रुपमा रहेको हुँदा समाजको सकृय सहयोग र सद्भाव बिना कहिल्यै पनि आफ्नो कार्यक्षेत्रमा सफलता पाउन सक्दैन । ६७औं प्रहरी दिवसको यस विशिष्ट अवसरमा यस यथार्थलाई हृदयगं गरी नागरिक प्रहरीको रुपमा सांगठनिक छवि विस्तारमा हामी हरदम प्रयत्न शिल रहने साथै नागरिक
समाजको तर्फबाट समेत प्रहरी काम कारवाहीहरुमा सहयोग, सहकार्यको अधिकतम् अपेक्षा राखेको व्यहोरा निवेदन गर्दछु ।
नागरिक प्रहरीको सहकार्यबाट मात्रै सुरक्षित समाज निर्माण हुने र यसैको जगमा समाज एवम् देश समुनन्त तथा समृद्ध हुन सक्ने भएकोले नागरिक प्रहरी सहकार्य, साझेदारीको लागि यस्ता कार्यक्रम बिशेष अवसरको रुपमा रहने समेत हामीले विश्वास लिएको छौं ।

इ पेपर , पढ्न यहाँ क्लिक गर्नु होस् ।https://purwanchaldaily.com/wp-content/uploads/2022/10/kartik-1.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here