बुट्टाबारी ।

बन्दी सहायता नेपाल (पिए) को आयोजनामा ‘स्वास्थ्यका लागि साइकल यात्रा’ नाराका साथ छ जना बिदेशीसहित ३२ जनाले साइकलिङ गरेका छन् ।
झापाको बिर्तामोडस्थित मुक्तिचोकबाट बुधवार शुरु भएको साइकलिङ शनिश्चरे, सालबारी झिल हुँदै १५ किलो मिटरको साइकलिङ यात्रापछि अर्जुनधारा –११ स्थित बन्दी सहायता नेपालको कार्यालयमा आएर सम्पन्न भएको थियो ।
साइकलिङ कार्यक्रम समापनपछि अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा बन्दी सहायता नेपालद्धारा सञ्चालित जुनकिरी बिद्यालयलाई निरन्तर सहयोग गर्दै आएका बिदेशीसहित स्थानीयलाई सम्मान गरिएको थियो ।
बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा इन्चार्ज जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य रहेको थियो भने बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका भण्डारीले साइकलिङलाई संगठित गरेर आए राष्ट्रिय खेलका रुपमा समावेश गर्ने पहल गर्ने साथै जिल्ला खेलकूद बिकासले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै शिष्ठि अतिथि इन्दिराले साइकलिङहरुको एउटा संस्था बनाएर स्वास्थ्य तथा समृद्ध नगर बनाउने योजना साथ साइकलिङ कार्यक्रम गरिएको बताइन् ।
स्वागत उपाध्यक्ष अर्जुन थेवेले गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका चन्द्र बस्नेतलगाष्तले आ–आफ्नो भनाई राखेका थिए । सोही कार्यक्रमका बिच नारायण लिम्बुका छोराबुहारी दुर्गा र नुमा लिम्बुले २० वटा पलाष्ट्रिकका कुर्सी र खाद्यान्न र तनुजा शर्माले संगीत सामाग्री सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ की वडा सदस्य सुशिला गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बन्दी सहायता नेपालका सचिव रञ्जित परिवारले गरेका थिए ।































