झापामा मलामी बोकेको बस दुर्घटना, २८ घाइते

0
369

झापा,

मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो। राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले जनाएको छ। सोही दिशाबाट आउँदै गरेको अर्काे बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन्।

अगाडी बसले आकस्मिक ब्रेक गर्दा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घाइते सबैको बिर्तामोड अस्पतालमा उपचारका लागि लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here