एमाले नेता सावा प्रति थेवेको कटाक्ष : सुनको थालमा खिर खुवाउछु भन्नेहरु कहाँ गएआज

0
426

 

झापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले झापाका पाँच वटै निर्बाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र १० वटा प्रदेशसभा सदस्य पद गठबन्धनले नै जित हासिल गर्ने बताएका छन् ।
झापाको कनकाई नगरपालिकामा आज अगुवा कार्यकता भेटघाट कार्यक्रममा बोल्दै झापा ४ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार समेत रहेका नेता थेबेले गठबन्धनले यस पटक झापाका सबै निर्बाचन क्षेत्रमा सहजै जित हासिल गर्ने बताएका हुन् । राप्रपासंगको गठबन्धनमा रहेको एमालेले जस्तोसुकै चुनावी नारा लिएर जनताका माझ गएपनि जनताले एमालेलाई नपत्याउने उनको भनाई छ ।
विगतमा एमालेले झुटको खेती धेरै गरेकाले एमालेका उम्मेद्वारको असली चरित्र जनताले थाहा पाएकाले यस पटक जनताले एमालेलाई मत नदिने नेता थेवेको भनाई छ ।
झापा क्षेत्र नम्वर ४ मा २०७४ को निर्वाचनमा आफू पराजीत भएपनि विकास निर्माणका थुप्रै काम गरेको र जनताको सारथि बनेका कारण आफूलाई चुनाव जित्न कुनै समस्या नरहेको नेता थेबेको भनाई छ । ‘म सधै जनताको बीचमा रहन्छु ’ नेता थेवेले भने– जितेका नेता भन्दा म हारेका ेमान्छेले यस ठाउँको धेरै विकास गरेकाले मेरो जित निश्चित छ । मेरो जितमा यहाँका आम मतदाता उत्साहित हुनेछन् । आफू मतदाताको पहिलो रोजाईमा रहेकाले आफ्नो जितमा कुनै शंका नगर्न उनको भनाई छ ।
जनताले जिताएर पठाएका प्रतिनिधिबाट कुनै काम नभएको भन्दै यहाँको भूगोल र जनताका समस्यासंग आफू राम्ररी भिजेकाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस पटक कुनै प्रतिष्पर्धा नै नरहेको उनको भनाई छ ।
गत निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का नेता एलपी सावा प्रति लक्षित हुँदै नेता थेवेले भने –‘यस क्षेत्रका सबै नागरिकलाई तीन तले घर र सुनको थालमा खिर खुवाउछु भन्नेहरु कहाँ गए आज ? अब यहाँ झुटको खेती यहाँ चल्दैन ’ नेता थेबेले भने ।
‘यस अघि निर्वाचित प्रतिनिधि सभा सदस्यले वरको सिन्को पर नसार्दा यहाँ बाटाघाटा , पुल पुलेसा, नदी नालाका समस्या ज्यूँका त्यूँ छन् ’ नेता थेवेले भने – हामीले अहिलेसम्म जे जतिगरेका छौं त्यो भन्दा पर यो क्षेत्रमा केही विकास र परिर्बतन भएको छैन ।
झापा निर्वाचन क्षेत्र नम्वर ४ मा पर्ने दुई वटा पालिकाको मात्रै तुलना गर्ने हो भने एमालेको बहुमत रहेको कनकाई र नेपाली कांग्रेसले जितेको झापा गाउँपालिकाको विकास हेरौं छर्लग हुन्छ नेता थेवेले भने – झापाका सबै बाटाघाटा पिच भए, पुल पुलेसा सबै बने, अबका दुई वर्ष भित्र नयाँ काम के गर्ने भन्ने विषय खोज्नु पर्छ तर, कनकाईको अवस्था हेरौ दिनदिनै बिग्रदो छ ।
‘शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा भएको झापा गाउँपालिकाको जस्तो विकास झापाका अन्य पालिकामा भएको जस्तो मलाई लाग्दैन’ नेता थेबेले भने ।
झापा क्षेत्र नम्वर ४ मा मात्रै तीन वटा ठूला नदीले सधै दुःख दिने गरेको छ यस तर्फ निर्वाचित सांसदले ध्यान नदिदा उनीहरुको समस्यामा सधै जुध्नु परेको नेता थेवेको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here