पथरीशनिश्चरेमा ६ हजार बढिले खाए भिटामिन ‘ए’ र जुकाको औषधि

0
302

पथरीशनिश्चरे,

मोरङ्गको पथरीशनिश्चरे नगरस्थित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणमा ६ हजार ७ सय बालबालिकाले भिटामिन ‘ए ‘खाएका छन्।

कार्तिक २ र ३ गते सञ्चालित कार्यक्रममा ६ महिनादेखि ५ बर्ष सम्मकालाई भिटामिन ‘ए’ र १ बर्षदेखि ५ वर्षसम्मका ६ हजार १ सय बालबालिकाहरुले जुकाको औषधि खाएका हुन्।

नगरका १० वटै वडाहरुमा रहेका स्वास्थ्य सेवा केन्द्र, चौकी र अस्पताल सहित ३० वटा स्वास्थ्य केन्द्रमार्फत बालबालिका हरुलाई भिटामिन’ ए’ र जुकाको औषधि खुवाइएको थियो।

एक स्वास्थ्य स्वयंसेविका; एक स्वास्थ्य सेवा केन्द्रको रूपमा संचालित कार्यक्रममा ३० जना स्वास्थ्य महिलाहरू परिचालन गरिएको छ ।सोही क्रममै वडाका महिला सामुदायिक स्वास्थ्य स्वंयम् सेविकाहरूले बच्चाको तौल, उचाई र पाखुराको नाप लिएर कुपोषण परिक्षण गरिएको नगरको स्वास्थ्य शाखाका सहायक प्रमूख जगत मगरले जानकारी दिनुभयो।

उहाँको अनुसार यि दुबै खोप लगाउन छुटेकाहरूले शुक्रबार पनि सम्पर्क गरी भिटामिन ए र जुकाको औषधि सेवन गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here