यही पुष १५ मा नेपालमा तमु ल्होछार’ पर्व धुमधामसंग मनाइदैछ । ल्होछार पर्व मुख्यतः बौद्ध समुदायले प्रमुख चाडको रुपमा मनाउँदछन् । पौष १५ मा भने विशेष गरी गुरुङ समुदायले तमु ल्होछारको रुपमा हर्षोल्लासपूर्वक मनाउँदछन् । यसदिन सामाजिक पर्वका रुपमा सार्वजनिक स्थानमा भव्यरुपले ल्होछार मनाइन्छ र घरपरिवारमा भने ल्होछार पौष शुक्लप्रतिपदाका दिनदेखि “तोल ल्होछार”को रुपमा मनाउने गरिन्छ ।
मनाङ जिल्लाको सबैभन्दा उच्च भूभाग ’पूm’ र ’स पुmँ ती क्ह्याल्सा’ मा गुरुङहरुको प्राचीन थलो भएको विश्वास गरिन्छ । हाल उनीहरुको घना बसोबास गण्डकी क्षेत्रमा रहेको पाइन्छ । गुरुङहरु माघे सङ्क्रान्ती, श्रीपञ्चमी, फागुपूर्णिमा, चैत्रमा ट्हो त्हें, ह्योँखु, बैशाखमा वायोपूजा, चण्डीपूजा र घाटु नाच, जेठमा सिल्दो त्हें, गैडु (गोठपूजा), असार १५, साउने सङ्क्रान्ती र ट्हो त्हें, भदौमा हरेलोपूजा, असोजमा पैmलु र स्यौँ पूजा, दशैँ, तिहार, कार्तिकमा धीं त्हें (घर रखबार), मंसिरमा न्वागी र पुष १५ तथा शुक्लप्रतिपदामा ल्होछार मनाउँदछन् ।
गुरुङ भाषामा उनीहरुको धर्म, संस्कृतिलाई ‘प्ये ताँ ल्हु ताँ’ भन्दछन् । यसलाई गुरुङ इतिहास र संस्कृतिको मौखिक नाली–बेली पनि भनिन्छ । उनीहरु प्रकृति– नदी–नाला, डाँडा–काँडा, रुख, ढुंगा, पानीको मुहान आदिको पुजा गर्ने गर्दछन् । सूर्य, चन्द्र, तारा लगायत नौ ग्रहको पनि पूजा गर्ने गर्दछन् । उनीहरु प्राय उच्च भू–भागमा बाक्लै धीं (घर) बनाएर नास (गाऊँ)मा बस्छन् । लमजुङको “घलेगाउँ” एउटा नमूना गाऊँ मानिन्छ ।
ल्होछार पर्व हिमाली तथा उच्च पहाडी किसानहरुको खेती किसानी, बालीनाली र सकुन अपसकुन, फलिफाप, अनिकाल, सहकालसँग पनि सम्बन्धित भएको विश्वास गरिन्छ । आदिकालदेखि किसानहरुले वितेको वर्षको नराम्रोपक्षलाई बिर्सन र नयाँवर्षमा शान्ति र शुभ होस भनी एक उत्सवको रुपमा मानिल्याए । पछि बुद्धले १२ जीवको प्रसंग जोडिदिनुभइ अझ महत्वपूर्ण पर्वको रुपमा स्थापित हुनका साथै ल्हो पद्धतिको विकास भएको मानिन्छ ।
ल्होछारको अर्थ ः ल्हो (वर्ग, वर्ष) अनि छार÷क्षार (नयाँ) = नयाँवर्ष हो । ल्हो एक पद्धति हो । तमू चि (ज्योतिषशास्त्र) अनुसार ल्हो अथवा वर्ग, वर्ष अनुसार मानिसको उमेर गनेर पार्ग (कुण्डली) चक्रमा भिडाएर शुभ–अशुभ फल (ज्योतिष) पनि बताउने चलन छ ।
तमूहरुले मानिल्याएका बाह्र ल्हो र तिनका अर्थः तः (घोडा), ल्हु (भेंडा), प्रः (वाँदर), च्ह्या (चरा), खिः (कुकुर), फो (मृग), च्यु (मुसा), ल्वों (गाई), तो (बाघ), हृवीँ (बिरालो), सप्ह्रि (सर्प÷नाग), मुप्ह्रि (गरुड÷ड्रागन) । एक जीव = एक वर्ष, वर्ग हुन्छ ।
तमूहरुले जस्तै तामाङ, शेर्पाहरु तथा अन्य बौद्ध समुदायहरुले पनि ‘ल्हो’ लाई १२ जीवजन्तुमा आधारित वर्ष, वर्ग र ‘क्षार’ लाई नयाँ भन्ने अर्थ मान्दछन् । जनजिब्रोमा लोछार÷लोसार प्रचलित हुँदै आएको पाइन्छ ।
गुरुङ समुदायमा ल्होछारको अवसरमा हप्तादिन अघिदेखिनै चाडको खुशीयाली र उमङ्ग छाउँदछ । चाडको तयारीमा सिंगै परिवार, गाऊँ तथा समुदाय उत्साह तथा हर्षोल्लासका साथ लाग्दछन् । ल्होछारको अघिल्लो दिन शुभमुहुर्तमा गुरुङ समुदायले आ–आप्mना घर–घरमा स्वस्ती–शान्ति गर्दछन् । ल्होछारको दिन अर्थात पुस १५ तथा पौष शुक्लप्रतिपदाका दिन आ–आप्mना ग्रह–शान्ति र कुशल मङ्गलको कामनासहित घ्यूको बत्ती बालेर चोखोपानी, अक्षता र अन्य चोखो खानेकुरा चढाई, धुपीको धुप बालेर अर्थात विधिविधान पु¥याई सिमे–भूमे, पितृ–मातृ र कुलदेवताको पूजा गर्दछन् । आ–आप्mना मान्यजनहरुलाई ढोगभेट गरी पुरुषहरुले बेसारमा मलेको नौसरा नौगाँठो पारिएको काँचो धागो र महिलाहरुले चाहीँ बेसारमै मलेको सातसरा सातगाँठो पारिएको काँचो धागो (डोरो) लगाई दिएर नयाँ वर्षको अशिमलाँ÷आशिमाला (शुभकामना) आदानप्रदान गर्ने र मिठामिठा परिकार खाएर, ख्वाएर चाड मनाउने गरिन्छ ।
मौलिक तथा रोचक प्रचलनः तिहारमा खेलिएको देउसी–भैलोबाट संकलित अन्न र पैसा अथवा यदि देउसी–भैलो खेलिएको छैन भने चेलीबेटीहरुले आ–आप्mनो घरबाट चामल, रक्सी उठाउने र माइतीहरुले घ्यू, कुखुरा वा बोका ल्याउने अनि रोटी, रक्सी र मासुभात खाई ल्होछार मान्ने चलन छ । ल्होछारमा बिशेषतः स्योँके (भोज) खाइन्छ । स्योँके बाहेक महत्वपूर्ण विधिहरुमा म्हिग्रेँचोग (भलाद्मी) हरुको अगुवाई र चाँजोपाँजोमा दिनये ल्ह्ये पैँडिले शुभमुहुर्त बिचार गरी ह््योएँदोये ल्ह््ये पुरोहितहरुले स्वस्ति शान्तिको विधि गर्दछन् ।
गुरुङ समुदायले परापुर्वकालदेखि मान्यता दिइल्याएका पज्यु, ल्ह्येबृँ र लम (लामा) यी तीन वर्गका खेगि (पुरोहित)हरुबाट, मान्यता अनुसारका विधि गराएर ल्होछारमा सबैले आ–आप्mनो ग्रह शान्ति र कुशल–मङ्गल प्राप्तिको लागि म्हार (घ्यू) को बत्ति बालेर क्युफुई (चोखोपानी), च्यु (अक्षता) र अन्य चोखो खानेकुराहरु चढाई स्युरी (धुपी) को धुप बालेर सिल्दोँ–नाल्दोँ (सिमे–भूमे), खे (पितृ), मा (मातृ) र पैmलु (कुलदेवता) को पुजाआजा गरिन्छ । मान्यजनहरुलाई मान मनितो, ढोगभेट गरी आर्शिवाद ग्रहण गरिन्छ ।
सामुहिक सार्वजनिक कार्यक्रमका अवसरमा धेरैसंग भेटघाट भइ शुभकामना आदानप्रदान हुन्छ । परम्परागत भेषभूषामा उपस्थित, नाचगान तथा गुरुङ संस्कृति प्रदर्शन गरिन्छ । कार्यक्रममा तमूहरु मात्र नभएर अन्य समुदायका र देशका ठूला पदाधिकारी, नेतागण, विद्वान वर्गहरुलाई समेत निम्त्याइन्छ । यसरी ल्होछार “साझा चाड”को रुपमा विकसित हुँदै आएको पाइन्छ । (पुस्तकहरु अध्ययन तथा गुरुङ संस्कृतिविदहरुको भनाइको आधारमा)