काठमाडौं, केही दिनमानै न्यू इयर आउँदैछ । उक्त न्यू ईयरको अबसरमा परर्फमेन्स गर्नका लागी कलाकारहरूले निकै ठुलो पारिश्रमिक लिने गर्दछन, यसमा हलिउड पनि अछुतो छैन । तर यो बर्ष हलिउड अभिनेत्री जेनिफर लोपेजले जब आफ्नो पर्फर्मेन्सको शूल्क बढाइन सबैजना अवाक भए ।
बताइए अनुसार लोपेजले एक प्राइभेट कान्सर्टमा ४० मिनेटको परफर्मन्सका लागी १७।५ मिलियन डलर अर्थात १७।५ करोड नेपाली रूपैयाँ पारिश्रमिक लिएकी छन । समाचार अनुसार, नोभेम्बरमा मकाउको ग्रेण्ड हयात होटलमा एक कन्सर्ट भएको थियो । जहाँ जेनिफरलाइ एक स्पेशल परर्फमेन्सका लागी बोलाइएको थियो । उक्त कार्यक्रममा जेनिफरले ४० मिनेटको पर्फर्मेन्स दिएकी थिइन । यसका लागी उनलाइ १७।५ करोड रूपैयाँ दिइएको छ ।
सूत्रका अनुसार, जेनिफरका साथमा उनको टीम पनि थियो, जसमा ब्याक डान्सर्स पनि रहेका थिए । जेहोस, यहाँ जेनिफरलाइ मात्र नभै उनको टिमको पनि बिशेष ध्यान राखिएको थियो । उनको टिमले होटलका २० वटा कोठाहरू माग गरेका थिए, किनभने उक्त शो का लागी सबै क्रु मेम्बर्सको आवश्यकता रहेको थियो । यद्दपी, बताइए अनुसार जेनिफर त्यहाँ धेरै समय बसिनन, उनी आफ्ना जुम्ल्याहा बच्चाका साथमा कुनै कार्यक्रममा अमेरिका जानुपर्ने थियो । जेहोस, उनको यो पारिश्रमिक सुन्दा धेरै मानिसहरूले जिब्रो टोकेका छन ।