पत्रकार र पत्रकारितालाई बुझ्न सिक

0
905

(पूर्णवहादुर कटुवाल ) पत्रकार  समाजका दर्पण हुन् । राज्यको चौथौ अंग हुन् । यो वाक्य धेरैले बोल्ने गर्छन्, चाहे बुझेर होस् वा नबुझि, वा बुझेर पनि अर्थलाई अनर्थको प्रयोग गरेर होस् तर यथार्थ यहि होे कि समाजका बिसंगति, बिक्रीति, अविकासकाक यथार्थलाई उजागर गर्दै समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पत्रकार र पत्रकारिताको धर्म हो । राम्रा, असल र नमूनायोग्य कार्यहरुको विश्लेषणात्मक समिक्षा र प्रस्तुति गर्दै उदाहरुणका रुपमा प्रस्तुत गर्नु असल पत्रकारको कर्तव्य हो ।
समुन्नत समाज निमाण गर्नमा सहयोग गर्नु उसकको कर्तव्य हो तर पछिल्लो समयममा पत्रकारिताको प्रयोग सहिरुपमा नभएको यथार्थ पनि यदाकदा चर्चामा आउने गरेको कुरालाई नकार्न सकिदैन यद्यपी यो अन्वेषण र अनुसन्धानको विषय नै हो । पत्रकार प्रतिको सामाजिक दृष्टिकोण र प्रयोग पनि सबै सहि छन् भन्ने  अवस्था नहुन पनि सक्छ । यद्यपी राज्यको चौथो अंग भनेर चिनिएको पत्रकारप्रति चौतर्फी आक्रमण निन्दनीय र भत्र्ससनायोग्य छ । कतिपय क्षेत्रबाट पत्रकारलाई हेरिने हेय दृष्टि र नकारात्मक टिकाटिप्पणीले सामाजिकरुपमा ठूलै मूल्य नचुकाउला पनि भन्न सकिदैन । पत्रकार र पत्रकारिताप्रतिको दृष्टिकोणले नकारात्मक बाटो र मोड लियो भने व्यक्ति, समाज र मुलुकका निम्ति समेत क्षति पुग्न सक्छ । पत्रकार समाजको सिपाही हो जसले समाजलाई अवनति होइन उन्नति र प्रगतितिर नै डोर्याइरहेको हुन्छ । तर दुर्भाग्य, राजनीतिक र सामाजिक दृष्टिकोण पत्रकारिताको लागि सकारात्मक बनेको छैन, अनुभुति गरिएको कुरा हो ।
पत्रकारितालाई कमजोर सम्झने पद्दतिको विकास भएको छ । खासगरि मुलुकमा देखिएको दण्डहिनताको अवस्था, राजनीतिक अस्थिरता लगायतका कारणबाट यस्तो अवस्था सिर्जना भएको कुरालाई नकार्न सकिदैन  राजनीतिक स्थिरता नहुने व्यक्ति र समुहबाट नै पत्रकारमाथि धावा बोल्ने, गालीगलौज गर्ने, ज्यानलिने धम्की दिने जस्ता अमानवीय प्रबृतिको विकास भइरहेको छ । जसले सभ्य समाज निर्माण र सामाजिक प्रगतिको लागि पत्रकार र पत्रकारितमाथि थुप्रै चुनौति चुलिएका छन् । पत्रकारित स्वच्छ र निर्वाध बन्नसक्ने अवस्थाबाट दिनपरदिन गुज्रिरहेको छ । राजनीतिक अस्थिरतबाटै मौलाएको अराजक र अपचलनबादी शैली र व्यक्तिबादी प्रबृति र स्वार्थका कारण सार्वजनिकस्थलमा पत्रकारलाई दुव्र्यवहार गरिएको छ , गाली गलौज गरिएको छ । राजनीतिक सिद्धहस्तबाट पत्रकारमाथि दुव्र्यवहार, गालिगलोज निन्दनीय घटना बनेका छन् । यस्तै स्वार्थपूर्ति गर्नको लागि पत्रकारको प्रयोग समेत भइरहेको छ । जुन प्रयोगकर्ताको लागि स्वच्छ पत्रकारिता असम्भव छ । पत्रकारितालाई हलुका ढंगले सोच्ने शक्ति र समुहले  बुझ्न जरुरी छ कि गाली र धम्कीले पत्रकारको कलम रोकिदैन । क्षणिक आवेश र सिमित स्वार्थपूर्तिकालागि पत्रकार र पत्रकारिता गलत प्रयोग दीर्घकालिन हुदैन । उत्पीडित र पिछडिएको वर्ग वा समुदायको आवाजलाई उजागार गर्ने प्रयास समेत पत्रकारितको माध्यमबाट भइरहेको हुन्छ । जुन त्यो वर्गको विरुद्दमा हुने शक्तिकोे लागि सधै अपाच्य हुन्छ । पछौटे आवस्थामा रहेको व्यक्ति  वा वर्ग संचारमाध्यमबाट अघि आएर सकारात्मक प्रगति गर्न चाहान्छ । जसले पत्रकारिताको प्रयोग गरेर कुनै ठुलो लाभको आशा गर्दैन, अपितु आफ्नो अस्तित्वको प्रचार गरेर सकारातमक पात्र बन्न चाहान्छ । उसका लागि पत्रका र पत्रकारिता जीवनको मित्र बन्न सक्छ । तर समाजिक स्वार्थ पूरा गर्ने उद्यतमा रहेको  दीवास्वप्न बोकेर पत्रकार र पत्रकारितालाई साधनकारुपमा प्रयोग गर्ने  वर्ग र समुह स्वार्थ पूर्ति भएपछि पत्रकार र पत्रकारिताको बदनाम गर्न चाहान्छ , खिल्ली उडाउन चाहान्छ । जहाँ पत्रकारिताको माध्यमबाट अपराध, कुण्ठा र भ्रष्टाचार लुकाउने प्रयास हुन्छ, त्यहाँ पत्रकारिताको बिरोध हुन्छ । यदि स्वच्छ पत्रकारिताको  प्रभावले विकृति, विसंगति र बदनियतको भण्डाफोर हुन्छ, त्यहाँ पत्रकार र पत्रकारिताको हवाला दिइन्छ, शक्ति, श्रोत र साधनको प्रयोगले पत्रकारितामाथि नै आँच आउने वा प्रश्नचिन्ह खडा हुने असफल प्रयास गरिन्छ जुन भावी दिनमा घातक पनि हुनसक्छ ।
राजनितिक दलका ठेकेदार हुँ भन्नेहरुले पत्रकार र पत्रकारिताको धर्म निर्वाहकाो बाटोमा  अवरोध समेत गर्ने गरेका घटना बाहिरिने गरेका छन्  । २०४६ सालको जनआन्दोलनबाट चोखिएर २५ वर्षे प्रजातान्त्रिक र लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा सिद्धान्तहीन राजनितिक नेता कार्यकर्ता सभ्य पत्रकारिताको विरुद्धमा उत्रनुले सभ्यताको विकास कता जाँदैछ भन्ने प्रश्न जन्माएको छ । पत्रकार र पत्रकारिताको साथसहयोगबाट व्यक्तित्व विकासदेखि समग्र सामाजिक, र्आिर्थक, राजनितिक चेतनाको विकासमा जानुपर्ने वर्तमान परिप्रेक्ष्यमा उसैको खिलाफमा उत्रनु र हुँकार गर्नु लाजमर्दो कुरा हो ।  शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक एवं सामाजिक सद्भावको विकास गर्न पत्रकारिताको माध्यमबाट अघि बढ्नु  नैतिकता हो । तर समाजका अग्रज, राजनीतिक कार्यकर्ता, दलमा नेता, समाजका लव्धप्रतिष्ठित व्यक्तित्व दाँत डिच्याएर पत्रकारको दुर्गति र दुर्दशा निम्त्याउने कामका लागि पररहेको अवस्था छ । स्वच्छ  आलोचनाले व्यक्तिलाई तिखार्छ । समाज परिवर्तनमा मद्यत पुर्याउँछ । तर स्वार्थपूर्ण  गालीगलोजले नत उसका सामाजिक प्रतिष्ठा नै उच्च हुन्छ, नत व्यक्तित्व र चरित्रको नै विकास हुन्छ ।  आखिर उसको बुद्दि र विवेकमा  चोट पुग्छ ।  त्यसैले पत्रकारितका भित्र केवल एउटै स्वार्थ लुकेर अघि बढेको  बग्गी होइन ।  सामाजिक बुज्रुकले राम्ररी बुझ्न जरुरी छ । पत्रकार केवल शत्रु मात्र होइन, सकारात्मक कामको श्रीवृद्धिमा ईंटा थपेर उचाईमा पुर्याउन संवाहक समेत हो । तर पत्रकारिताले गलत प्रवृतिको सधैं भण्डाफोर गर्छ, प्रतेक पाइलामा निगरानी राख्छ जुनवेला गलत मानसिकताबाट अघि बढेर समाजमा नकारात्मक प्रवृतिको सुत्रपात हुन शुरु हुन्छ । भ्रष्टाचार, अन्याय, अपराधसंंग पत्रकारिता कहिले डराउँदैन, गलत कुचक्र र संगिनका अगाडी स्वच्छ पत्रकारित कहिले भागेको छैन अनि शीर निहुराएको छैन र भाग्दैन पनि ।यो पत्रकार र पत्रकारिताको धर्म हो । यदी सामाजिक न्यायका पक्षमा हिड्दैछौ भने, विकास निर्माण, भ्रष्टाचारको विरुद्धमा  निस्वार्थ उत्रेका छौ भने पत्रकार र पत्रकारिताका कलमहरु सधै तिम्रो साथमा रहन्छ ।  तर एउटा पत्रकारको ज्यान लिएर वा चरित्रको हत्या गरेर, गालीगलोज र आरोप प्रत्यारोप गरेर पत्रकारिता मासिंदैन उत खडेरीको दुबो झैं बाँचिरहन्छ । त्यसैले पत्रकार र पत्रकारिताको सम्मान गर्न सिक्नु नै नैतिकताको पाठ सिक्न ुहो अनि स्वाभिमान र सभ्य संस्कारमा बाँच्न सिक्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here