भद्रपुर नाकाबाट लागूऔषध भित्राउने कारोबारी सक्रिय, नेपाली नागरिकसहित दुई जना भारतमा पक्राउ

0
224

भद्रपुर ।

गलगलिया सीमा नाकाबाट लागूऔषध नेपाल भित्राउने कारोबारी सक्रिय रहेको पाइएको छ । सीमा नाकाबाट नेपालतर्फ आउने सवारीसाधन चेकजाँच कडाइ फितलो भएसँगै लागूऔषध भित्राउने कारोबारी सक्रिय बनेको हो ।

यसैक्रममा भारतबाट नेपालतर्फ आइरहेको डब्लुबी ७४ एवाई ३७७७ नम्बरको कारबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लागूऔषध बरामद गर्दै एक नेपाली नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ३ निवासी ३४ वर्षीय मिराज खान र भारत किशनगञ्ज जिल्ला जोहरीगञ्ज–८ निवासी ३० वर्षीय मोहम्मद कासीद रहेको भारतीय प्रहरीले जनाएको छ ।

एसएसबीले उनीहरूको साथबाट कोडिन फस्फेट क्लोरफेनिरामाइन १०० एमएलको २१ बोतल सिरप र ९० पिस नाइट्रोजन ट्याब्लेट बरामद गरेको हो ।
कालो रङ्गको कारमा सवार उनीहरू सीमा नाकामा तैनाथ एसएसबीको भातगाँउ चेकपोस्टसम्म आइपुगेका थिए । एसएसबीले कारको चेकजाँच गर्दा कारभित्र कालो रङ्गको ब्यागबाट लागूऔषध बरामद गरेको बताइएको छ । एसएसबीको चेकपोस्टदेखि नेपाल बोर्डर करिब २०० मिटर टाढा छ । सो कारमा ब्राउन सुगर आइरहेको सूचना एसएसबीले पाएका थिए ।

तर, कारबाट अन्य प्रकारका लागूऔषध बरामद भयो । कारमा तीन जना सवार थिए । अर्को व्यक्ति पनि बिर्तामोडकै थिए । उनलाई एसएसबीले छाडिदिएको बताइएको छ । लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई भारतीय प्रहरीले किशनगञ्ज कारागार पठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here