बिर्तामोड सरसफाई गरियो

0
358

बिर्तामोड ।

बिर्तामोड नगरपालिका–५ को कनकाईरोड क्षेत्रमा सरसफाई गरिएको छ ।

नेपालीको ठूला चाडपर्वलाई लक्षित गर्दै उक्त क्षेत्र सरसफाई गरिएको जनाइएको छ । नेपाल रेयूकाई तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा कनकाईरोड सफाई कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।

सरसफाई अभियानमा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष हरिमाया ओझा लगायतको सहभागिता रहेको थियो ।

जनचेतना जगाउने उद्देश्यका साथ सरसफाई अभियान गरिएको जनाइएको छ । चाडपर्वमा मात्र नभएर अन्य समयमा पनि आफ्नो टोल तथा सडकहरुलाई सफा राख्न सन्देश दिने उद्देश्यका साथ सरसफाई अभियान सञ्चालन गरिएको बताइएको छ ।

पछिल्लो समय डेंगु लगायतका संक्रमणको जोखिम रहेकाले सरसफाई अभियानलाई प्राथमिकता दिएको बताइएको छ । सरसफाई कार्यक्रमको सञ्चालन नेपाल रेयूकाईका होजासु प्रकाश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here