सुरुङ्गामा महाकवि देवकोटा सम्बन्धि वृहत् कार्यक्रम हुने

0
340

सुरुङ्गा ।

कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको आयोजनामा आउँदो कात्तिक १९ गते सुरुङ्गामा महाकवि लक्ष्मीप्रसाद देवकोटासम्बन्धि वृहत् कार्यक्रम गरिने भएको छ ।

भाषा, साहित्य र कलाको उन्नयन र प्रबद्र्धनमा २०५१ सालदेखि क्रियाशील प्रतिष्ठानले नियमित मासिक साहित्य गोष्ठी तथा साहित्यिक कृति प्रकाशन गर्दै आएकोमा यस पटक महाकवि देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारी देवकोटा सम्बन्धि काव्यगोष्ठी तथा महाकविको व्यक्तित्व र कृतित्वबारे विशेष परिचर्चा गरिने भएको हो ।

नेपाली तथा अंग्रेजी भाषामा ५ दर्जन बढी कृतिको रचना गर्ने महाकवि देवकोटा १९६६ साल कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मेका थिए भने उनको निधन २०१६ साल भदौ २९ गते भएको थियो । सो कार्यक्रममा झापाका एक सय बढी चिरपरिचित साहित्यकारको उपस्थिति रहने प्रतिष्ठानका कार्यसमिति सदस्य तीर्थराज खरेलले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको बैठकले सो कार्यक्रम सम्पन्न गर्न प्रतिष्ठानका सहसचिव डा. पुण्यप्रसाद सिग्देलको संयोजकत्वमा प्रयागराज काफ्ले, प्रेम प्रभात, दिनेशकुमार तिम्सिना र श्रीप्रसाद भेटवाल रहेको ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । त्यसै गरी, समितिको बैठकले आगामी मंसिर १७ गते शनिबार प्रतिष्ठानको वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।

नियमित साहित्य गोष्ठी तथा सांगीतिक कार्यक्रम सञ्चालन गर्न गठित उपसमितिलाई पुनर्गठन गरिएको छ । निर्मलकुमार शर्मा खतिवडाको संयोजकत्वमा गठित ९ सदस्यीय उपसमितिमा सहसंयोजकमा योन्देन सुनुवार, सचिवमा दिनेशकुमार तिम्सिना, सहसचिवमा टीका भट्टराई (नेपाल), सदस्यमा टीकाप्रसाद लामिछाने, रवीन्द्र सुवेदी , मीरा प्रधान, प्रयागराज काफ्ले र डिल्लीराम परदेशी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here