करेन्ट लागेर एक जनाको मृत्यु

0
207

मोरङ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिराटनगर–६ का ३० बर्षीय राम मण्डल रहेका छन् ।

मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here