सम्बन्ध

१९ कार्तिक २०७९, शनिबार मा प्रकाशित

बाटोमा हिँडीरहेका एक जोडी युवा–युवती देख्दा आमा भन्नुहुन्छ– कति राम्रो जोडी । काकी भन्नुहुन्छ– कति राम्रो जोडी, साना छन् बिहे भएको होइन होला । बढीआमा भन्नुहुन्छ– कस्तो समय आयो हेर, कलियुग हो कलियुग केटाकेटी खुलेआम बाटोमा हिँड्छन् । हाम्रो जमाना कस्तो थियो अहिले के देख्नुप¥यो ? आमा थप्नु हुन्छ– २०३२ सालतिरको कुरो हो म एसएलसी दिन भाँडाघरमा बस्नुपर्ने भयो, छोरीलाई पढाएर बिग्रिन्छन् भन्ने समाजलाई च्यालेन्ज जस्तै थियो ।

विचारा मेरा बुबालाई समाजका मान्छेहरुको तुच्छ बचन र व्यवहारले धेरै दुःखी बनायो । हामीले बनाएको समाजको दायरामा बसेका मानवहरुको छोरी पढाएर हेरौला, भोलि कुन चाहिँसँग सुटुक्क भाग्छे । जस्ता बोली मेरा बुबाले सुनिरहनु भयो । सोच परिवर्तनको बाटोमा लाग्नु भएको मेरो बुबालाई अलिकति भए पनि म प्रति आशा, भरोशा अनि घमण्ड थियो । आमा भनिरहनु भएको छ– काकी, बढीआमा सोचमग्न भएर सुनिरहनुभएको छ । जमाना कहाँबाट कहाँ पुगिसक्यो ०१६ सालमा जन्मिएकी मेरी आमाले ००९ सालमा बाटोमा हिँडीरहेका युगल जोडीको सन्दर्भमा सकारात्मक सोच राख्दै बढीआमालाई समयसँग हामी पनि परिवतन हुनुपर्छ । सम्झाउँदा म अक्क न बक्क भएर कुनामा बसेर उहाँहरु वार्तालाप निःशब्द सुनिरहेको छु ।

यो यथार्थ र सत्य कुरा हो । मेरो घर अथवा मेरो समाजका मात्र होइन, सम्पूर्ण महिलाहरुको सोच यही हो । स्वतन्त्रता र सम्बन्ध विकासको सोचमा बाटै बिगारेर चाहिँ हिँड्नु भएन । तर, अलिकति फराकिलो धरातलमा भने पाइला चाल्नैपर्छ । हामी विदेशी मुलुकमा जस्तो खुल्ला हुन सकेका छैनौं । लिभिङ टुगेदर भन्ने शब्दसँगै घृणा गर्छौंै । तर, यो पटक्कै ठिक होेइन मानिस संवेदनशील अनि भावनामा निहित व्यक्ति हो । समाजलाई सही मार्गमा लगेर आफ्नै स्वतन्त्र अधिकारहरुलाई आत्मासात गर्न सक्छ । भावनात्मक सम्बन्ध अनि विवेचनात्मक सम्बन्ध हामी सबैमा हुुुुनु जरुरी छ । सम्बन्धको सम्मान गर्न सक्नुपर्छ बाबु–आमा छोराछोरी शिक्षक, शिष्य, साथीसँग यिनै सम्बन्धको जञ्जालभित्र हामी बाँधिएका छौं । कोही–कोही व्यक्ति प्रेरणाको स्रोत होला कोही हौसलाको सबैलाई श्रद्धासुमनका साथ हेर्न सक्छौं ।

देख्दै नदेखेका फिल्मी कलाकारहरु हाम्रा ‘फेब्रेट’ भनिन्छ । सोच्नुस् त ! एकछिन सम्बन्ध भन्ने कुरा कस्तो हुन्छ ? अन्जान आफ्नो हुन्छ, कसैको प्रेरणाको श्रोत त कसैको हौसला ! अब सम्बन्धको कुरा जोडिरहँदा भावनात्मक सम्बन्धलाई नी जोड्न मन लाग्यो, पारस्पारिक सम्बन्ध, भावनात्मक सम्बन्ध एक मानिस र महिलाबीचको सम्बन्ध यी सम्बन्ध बिना आधुनिक समाजको कल्पना गाह्रो हुन्छ, शून्य हुन्छ, यसभित्र प्रकार, पहिचान, सम्भव छ, सञ्चारको प्रकार, इशाराहरु र एक व्यक्तिको उपस्थिती । त्यसैले काकी, बढीआमा र आमाले मूल्याङ्कन गरेको सम्बन्धमा भावनात्मक अनुभव सँगसँगै उत्पन्न अन्तरक्रियाको सेट छ ।

हजारौं युद्धहरु जित्नुभन्दा महत्वपूर्ण कुुरा हो । सम्बन्धलाई सजाउनु, देखिने सम्बन्ध सबै सत्य हँुदैनन र सत्य कुरा प्रायः देखिँदैन् । गहिराइमा डुबुल्की मारेर मिठो, गीत, फिल्म, साहित्य वा स्मृतिले आशु झर्दछ भने हृदयमा सम्बन्धमा विशाल जरो गाडेको छ । त्यसैले त भनिन्छ नी कति सम्बन्धमा तिहारमा पकाएको सेल जस्तो हुन्छ । नयाँ हुँदा खासै स्वाद मिठास पर्दैन् । तर, जति बासी त्यति मिठो । सम्बन्धमा मिठास हुनुपर्छ, आमाले भने झैं साथीसंगी जीवनमा आवश्यक छन् । जसरी चिया गुलियोमा गुलियो पनि हुनसक्छ । कडामा कडा पनि हुनसक्छ । हजार खोक्रो शब्दहरु बीच शान्ति दिन एक शब्द भए सम्बन्धको मिठासमा बढीआमाको प्रश्नको उत्तरले सहजै उत्साहित बनाउँछ ।

खिचडी एउटा यस्तो डीस हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ, नत्र चियाबारीमा चिया टिप्दै गर्ने मेरी माइली आमा र फुपुले बाटोमा हिँडीरहेका जोडीप्रति अथवा सम्बन्धको बारेमा किन यति अथाह टिका–टिप्पणी र अन्त्यमा आचार्य चाणक्यले भनेका तीन भनाइ वा मन्त्र– ‘आनन्दको बेला बचन नदेऊ, क्रोधको बेला जवाफ नदेऊ, दुःखको बेला निर्णय नदेऊ । त्यस्तै हामी पनि पानीलाई जतिसुकै तातो बनाए पनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएको चिसो हुन्छ । जीवनरुपी सम्बन्धलाई पनि मूल्याङ्कनको दायरामा यसरी नै तुलना गरौं । सोच बदलौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here