स्वतन्त्र उम्मेदवार जयराज संयोक लिम्बूले आफ्नो उम्मेदवारी र घोषणा पत्र सार्वजनिक

0
247

छविराज ढकाल/ पथरीशनिश्चरे,

नेपाली काँग्रेसका बाघी उम्मेदवार जयराज संयोक लिम्बूले आफ्नो उम्मेदवारी र घोषणा पत्र सार्वजनिक गरेका छन्। मोरङ्ग क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दिएकाे बताउदै कानेपोखरी-४ का जयराज संयोक लिम्बूले आफ्नो क्षेत्रका जनतासँग मतदान गर्न अपिल गरेका हुन् ।

आज शनिबार पथरी शनिश्चरेमा एक पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा मोरङ जिल्ला सदस्य समेत रहेका जयराज संयोक लिम्बूले सो आग्रह गरेका थिए।
उनले प्रेस विज्ञप्ति जारी गर्दै मोरङ क्षेत्र नं. ३ बाट संघीय व्यवस्थापिका अर्न्तगतको प्रतिनिधि सभा सदस्य उम्मेदवार पदको लागि माछा चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो।
उनले अगाडि भने -‘नेपालको घरेलु राजनितिलाई मात्र नियाल्ने हो भने मोरङ क्षेत्र नं. ३ का राप्रपा, कॉंग्रेस र एमालेका उम्मेदवारहरू एउटै ध्रुव केन्द्रित उम्मेदवारहरू हुन ।

त्यसैले राष्ट्रिय हितको दृष्टिले मोरङ क्षेत्र नं. ३ को निर्वाचन अरु एकलकाँटे एकपक्षिय छ । यसर्थ शक्ति सन्तुलनका दृष्टिकोणले मेरो स्वतन्त्र उम्मेद्वारी यस ठाउँको वस्तुगत आवश्यकताको उपज हो ।’ ‘निकै लामो समयदेखि राजनैतिक पृष्ठभूमिकाबाट राजनितिमा प्रवेश गरेको बताउँदै उनले अगाडि भन्नुभयो -‘म दलविहिन निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापनार्थ भएको आन्दोलनमा बाल्यकाल देखि सरिक रहको व्यक्ति हुँ ।’

उनले बुवा अन्तर्राष्ट्रिय तत्व घोषित भई भारत प्रवासमा जाँदा सो परिवारको सदस्यको रुपमा पनि बाल्यकाल देखि भारत प्रवासमा रहनु परेको र किशोर अवस्थामा नै म नेविसंघमा आवद्ध भई नेविसंघ मोरङ जिल्ला सदस्य, जिल्ला सह-सचिव र जिल्ला सभापति साथै तत्कालिन कानेपोखरी गा.वि.स. तरुण दल संस्थापक सभापतिको नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । उनले नेपाली काँग्रेस १३ औं माहाधिवेशनमा माहासमिति सदस्य र १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा मोरङ जिल्ला सदस्यको दायित्व निर्वाह गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले ‘ पार्टीका नेताहरूको व्यक्तिगत स्वार्थले दलको नीति, सिद्धान्त, आर्दश र पद्धतिलाई ध्वस्त बनाई दिएको छ । आज विश्वव्यापी विचार र सिद्धान्तहरू भन्दा पृथक ढंगले दलिय मूल्य मान्यतालाई तिलाञ्न्जली दिँदै अपवित्र गठबन्धनको गाँठोमा बाँधिएको अवस्था विधमान छ ‘भनेका छन्।

वर्तमान सत्ता साझेदार दलहरूको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका बारेमा टिप्पणी गर्दै ‘ यो गठबन्धनको लिङ्ग र परिचय खुल्न नसकेको भनेका छन् । स्वघोषित बाम-लोकतान्त्रिकको अर्थ के हो? सुधारवादी हो कि, क्रान्तिकारी, अग्रगामी प्रगतिशिल हो की यथास्थिती वादी अवस्था अस्पष्ट छ ।’

आफ्नो पारिवारिक पृष्ठभूमि अन्तर्गत ससुरा बुवा स्व. चित्रलाल प्रधान २००३ सालको मजदुर आन्दोलन विराटनगर जुटमिल र २००७ सालको क्रान्तिमा मुक्ति सेना भएको र स्वर्गीय आमा संचमाया एभेङ्ग पनि प्रतिबन्धित कालमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनु भएको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here