पत्रकारलाई धम्की नदिन पत्रकार महासंघ झापा शाखाको चेतावनी

0
257

बिर्तामोड ।

समाचार लेखेको विषयलाई लिएर पत्रकार नधम्कियाउन पत्रकार महासंघ झापा शाखाले चेतावनी दिएको छ । झापाका पत्रकार पुजन घिमिरेलाई समाचारका बिषयलाई लिएर भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ शापा शाखाको ध्यानाकर्षण भएको भन्दै धम्की नदिन चेतावनी दिएको हो ।

दुर्गा प्रसाईं समर्थक नामको फेसबुक पेजबाट पत्रकारलाई पेशाप्रति हतोत्साही बनाउने विभिन्न सामग्री पोष्ट गरिएकोप्रति महासंघले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार घिमिरेले बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेश गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित तथा प्रसारण प्रशारित भएको थियो ।

उक्त समाचारको विषयलाई लिएर विजयसिंह थापा, सरोज रिजाल भन्ने फेसबुक आइडीबाट पत्रकार घिमिरेकोे फेसबुक म्यासेज बक्स तथा समाचार लिंक पोष्ट भएको फेसबुक पेजको कमेन्ट बक्समा अश्लील गालीगलौजसहित पत्रकार घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको पत्रकार घिमिरेको भनाई छ ।

महासंघले पत्रकारलाई असुरक्षित बनाउने गरी धम्की दिइएको यस घटनालाई गम्भीर रूपमा लिदैं धम्की दिने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएको छ ।

एउटा सञ्चार माध्यममा आएको समाचार अर्को सञ्चार माध्यमले खण्डन गर्ने कार्य पत्रकारिताको आचारसंहिता विपरीत भएको भन्दै त्यस्ता क्रियाकलाप नगर्नसमेत महासंघ झापा सचिव डिकेश लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख ।

त्यस्तै प्रकाशित प्रशारित समाचार सामग्रीप्रति चित्त नबुझेमा त्यस विषयको खण्डन सम्बन्धित सञ्चार माध्यममार्फत नै गर्नुपर्ने वा सम्वन्धित पक्ष कानुनी उपचारमा जान पाउने स्पष्ट व्यवस्था छ विज्ञप्तीमा भनिएको छ । त्यस्तै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा केही व्यक्तिले पत्रकारिताबारे समाजमा भ्रम र वितृष्णा जगाउने कार्य गरेकाले त्यस्तो कार्यसमेत तत्काल बन्द गर्न तथा गराउन महासंघ झापाले सम्वद्ध सबैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here