झापा ,
झापा क्षेत्र नम्बर- ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एव प्रदेशसभा सदस्यका उम्मेदवारहरुले सोमबार झापा गाउपालिका वडा नम्बर- १,२,३ र ४ मा घरदैलो एवं टोलस्तरीय कोणसभा सप्पन्न गरेका छन । प्रतिनिधिसभा सदस्यका उम्मेदवार एव नेपाली काङ्ग्रेस झापाका सभापति देउमान थेबेले ती क्षेत्रमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै आफू दशकौ अघिदेखि यस क्षेत्रको राजनीतिक एवं सामाजिक सेवामा जनता सगसगै रहेको बताउदै जनप्रतिनिधि बनेर काम गर्ने अवसर दिन जनतासग आग्रह गर्नुभयो ।
जनताको हरेक दुख, सुख एवं बिपदमा जनता सगसगै रहेको उल्लेख गर्दै थेबेले मुख्य गरि झापा क्षेत्र नम्बर -४ मा नदी कटान र डुबानको समस्या रहेको बताउदै उक्त समस्या समाधानका लागि आफनै पहलमा केही स्थानमा तटबन्ध बनिसकेको र केही स्थानमा तटबन्ध निर्माणका लागि पहल भैरहेको बताउनुभयो । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा देखिएपछी सबिधानको संरक्षणका लागि बर्तमान गठबन्धन बनेको बताउदै सभापति थापाले जनताको समृद्धिका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेकोे धारणा राख्नुभएको थियोे । झापा क्षेत्र नम्बर -४ प्रदेशसभा-१ बाट नेकपा माओबादीका झलकसिह दर्लामी र प्रदेशसभा-२ बाट नेपाली काङ्ग्रेसका एकराज उप्रेती प्रदेशसभा सदस्यका उम्मेदवार छ्न । उनीहरुले आ-आफ्नो प्रदेशसभामा घरदैलो अभियानलाई तीब्र बनाएका छ्न ।































