सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो ।
अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय हेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































