अवैध सामान बरामद

0
320

झापा।

झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको एक लाख ५० हजार बरावरको मोटर पार्टसका बिभिन्न सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here