स्वरोजगार साकोसद्वारा २९ लाख ९३ हजार बढी राजश्व भुक्तान

0
383

माई ।

झापाको बिर्तामोड–५स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/०७९मा विभिन्न शिर्षकमा २९ लाख ८३ हजार छ सय ५९ रुपैयाँ २८ पैसा राजश्व बुझाएको छ ।

इलामको माई नगरपालिका शुक्रबारेस्थित नमुना सामुदायिक भवनको सभाहलमा आयोजित संस्थाको १५औं वार्षिक साधारण सभा एवम् तेस्रो एकीकरण सभामा प्रस्तुत प्रतिवेदनमा उक्त रकम बराबरको राजश्व बुझाइएको उल्लेख गरिएको छ ।

दानाबारी सेवा केन्द्रअन्र्तगत रहेका शेयर सदस्यहरुको उपस्थितीमा आयोजित उक्त सभामा संस्था सञ्चालक समितिका अध्यक्ष केशव बस्नेतले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा ४१ हजार ३९० जना शेयर सदस्य रहेको उक्त संस्थाको जम्मा शेयर पुँजी १६ करोड छ लाख ७७ हजार दुई सय १८ रुपैयाँ छ पैसा उल्लेख गरिएको छ । त्यसैगरी संस्थाको जम्मा निक्षेप ६४ करोड ८२ लाख चार हजार दुई सय ७३ रुपैयाँ चार पैसा, जम्मा ऋण लगानी ८३ करोड ६० हजार तीन रुपैयाँ पाँच पैसा र खुद नाफा दुई करोड ४९ लाख ३२ हजार दुई सय तीन रुपैयाँ ४२ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा १० अर्ब १० करोड ८० लाख पाँच सय ३१ रुपैयाँ ८० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०७९/०८०मा चार करोड ३१ लाख नौ हजार सात सय ३० रुपैयाँ छ पैसा खुद नाफा गर्ने लक्ष्य लिएको छ ।

खुदुनाबारी र दानाबारी केन्द्रका संयोजक होमनाथ दुलालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि ज्येष्ठ नागरिक महेश अधिकारीले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा असल ऋणी सुस्मा राई, उत्कृष्ट आवधिक बचतकर्ता विक्रम लिम्बू, उत्कृष्ट बाल बचतकर्ता न्यूसन राईसहित ज्येष्ठ शेयर सदस्य, एकल महिलासहित १५ जनालाई सम्मानित गरिएको केन्द्रकी प्रबन्धक पुनम पौडेलले जानकारी दिइन् ।

कर्जा समितिका सदस्य देवी न्यौपानले स्वागत गरेको उक्त सभामा शेयर सदस्य तोया घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त सभाको सञ्चालन समितिका सचिव मनोज भट्टराईले गरेका थिए ।

गत कात्तिक १५ गते देखि सुरु भएको उक्त सभा यही मंसीर १० गते झापाको बिर्तामोडमा सम्पन्न हुने संस्थाको कार्यतालिकामा उल्लेख गरिएको छ । झापासहित छिमेकी जिल्लाहरु इलाम र मोरङ पनि कार्यक्षेत्र रहेको उक्त संस्थाअन्र्तगत २८ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here