बेथिति र भष्ट्राचार अन्त्य गर्न मेरो उम्मेदवारी–रुद्रप्रसाद गिरी

२३ कार्तिक २०७९, बुधबार मा प्रकाशित

झापा ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा झापा क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका रुद्रप्रसाद गिरीे पर्यावरणविद् हुन् । सक्षम, योग्य र युवा आए मात्र सदियौदेखिको राजनीतिक क्षेत्रमा भएको बेथिति र भष्ट्राचार अन्त्य गर्न सकिने सोचका साथ गिरी राजनीतिकमा होमिएका हुन् । उनले राट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वारी दिएका छन् ।

गिरी इकोलोजी सिस्टम एनालाइजरमा मास्टर्स डिग्रीको उच्च शिक्षा हासिलसँगै २०६२ सालदेखि अमेरीकन पर्यावरणविद्हरुको सहकार्यमा चितवनबाट सामाजिक तथा व्यवसायिक कृयाकलापहरु शुरु गर्दै आएका छन् ।

विगत चार वर्षदेखि जन्म स्थान अर्जुनधारा नगरपालिका वडा नं. ५ मा पाम इकोटुरिजम एण्ड एग्रोटेक डेभलपमेन्ट इन्कर्पोरेसन लिमिटेड नामक कम्पनीको रजिष्टर्ड कार्यालय स्थापित गरि मुलुकभर पर्यावरणिय परियोजनाहरुको अवधाराणा विकास, संभाव्यता अध्ययन प्रतिवेदन निर्माण, विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माण, प्रारम्भिक वातावरणीय आंकलन (IEE) प्रतिवेदन निर्माण, वातावरणीय प्रभाव मुल्यांकन (EIA) प्रतिवेदन निर्माण गर्दै आएका छन् ।

त्यस्तै परियोजनाको व्यवासायिक कार्यान्वयन निर्देशिका निर्माण, पर्यावरणीय प्रविधिक अनुगमन र निर्देशिका निर्माण, कृषि विस्तार र विकासमा, बहुमुल्य र बहुवर्षे वालीहरुको खेती विस्तार परियोजना निर्माण, कृषि उद्योगमा, खाद्य तथा पेय पदार्थ उद्योग, कस्मेटिक्स तथा एरोमेटिक्स उद्योग,र मेडकेशन एण्ड एपारल्स उद्योग विकास विस्तार परियोजना निर्माण, नमुना कृषिस्रोत केन्द्र, मौलिक कृषिजन्य वस्तुहरुको केन्द्रको विकास निर्माण जस्ता व्यवसायिक कार्यहरु गर्दै आएका छन् ।

गिरी भन्छन् ‘हाम्रो यस मिशनमा पर्यावरणीय क्षेत्र विविध विधाका विज्ञहरुको वास्केट छ जसको एकीकृत वौद्धिक संगलग्नताबाट व्यवसायिक रुपमा कार्यहरु सम्पन्न गर्ने गरिन्छ ।’

बुवा टिकाराम गिरी (८५ बर्ष), र आमा डम्बरकुमारी गिरी (७९ वर्ष) का साथ गिरी एकाघरमा रहँदै आएका छन् । बि.स. २०२४ साल चैत २४ गते साविक अर्जुनधारा–४ मा जन्मिए पनि उनको परिवार शान्तिनगर–५ मा कृषिमा आवद्ध थियो । शान्तिनगर माविबाट एस.एल.सि. सम्म अध्ययन गरेका गिरीले मेची क्याम्पसबाट आई कम र चितवनको वालकुमारी कलेजबाट वि.कम र यु.एस.ए.बाट इकोलोजी स्सिटम एनालइजरमा डिग्री गरि चितवनमा पर्यावरणीय परियोजना तथा कृषि विकास विस्तारको कम्पनी संचालन गर्दै आएका छन् । श्रीमती कुन्ता कार्की (गिरी), छोरी रोशिका गिरी बिआइएम पहिलो वर्ष र छोरा रोशन गिरी एरोस्पेश इन्जिनियर पहिलो वर्ष पुलचोकमा अध्ययनरत रहेका छन् ।

जीवनको ३३ वर्ष अध्ययन अनुसन्धानमा व्यतित गरेका गिरी हालसम्म मेरै विज्ञता अनुसारको व्यवसायिक कार्यमा जीवनचर्या विताइरहेका छन् । यसअघि सकृय राजनितिक क्षेत्रमा नभएपनि नजिकबाट राजनीतिक अवस्था नियालीरहेको गिरी बताउँछन् । मुलुकमा राजनैतिक नेतृत्वको असक्षमताका कारण दिनानुदिन जर्जरता तिर गइरहँंदा मातृभुमीको रक्षाका लागि आफ्नो सकृयता खाँचो भएको महसुस गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानद्वारा मात्र सम्भव देखेर उनले उम्मेद्वारी दिएको बताउँछन् ।

गत ०७९ आषाढ ३० गतेदेखि मात्र पूर्णरुपमा व्यवसायिक कृयाकलापलाई चुस्त व्यवस्थापन गरि राजनितिक क्षेत्रमा सकृयता पूर्व लागेको गिरीको भनाई छ ।

राजनीति खिचातानीकै कारण नेपाली जनताले समृद्धिको महसुस गर्न नपाएको बताउँदै देशमा भएका हिमाल, पहाड, तराई सर्वच्वो शिखर सगरमाथा, बिभिन्न हिम चुचुरा, पहाडी भागहरु विश्वमै उत्कृष्ट भएपनि ‘क्याच’ गर्न नसकेको उनको बुझाई छ । विश्वको नजरमा नेपाल एउटा सुन्दर देश भएर पनि बौदिक तथा ज्ञाता ब्यक्तिको कमी भएका कारण कहिल्यै अन्य देशले नेपाललाई गौरबका हिसावले नहेरेको उनले बताए । उनले आफुले जिते देशका गौरबका विषयहरुलाई विश्वमा परिचित गराउँदै देशको समृद्धिका लागि लागि पर्ने बताएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय स्वन्त्र पार्टीको गोलाकार भित्रको घण्टी चुनाव चिन्हमा मतदान गरेर देशको विकास गर्ने मौका दिन सवै मतदाता समक्ष गिरीले अनुरोधसमेत गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here