प्रदेश १ मा आज सार्वजनिक बिदा

0
500

काठमाडौं, 

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सार्वजनिक बिदा दिइएको छ ।

मन्त्री थापाको शोकमा बिहीबार प्रदेश सरकारका सबै कार्यालय, सार्वजनिक संघ संस्थामा आज सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाका अनुसार थापाको राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ।

डेंगु र निमोनियाको संक्रमणबाट गम्भीर बिरामी परेका थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनी कांग्रेसका प्रदेशसभाका उम्मेदवार पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here