ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

0
210

भोजपुर,

भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्।

स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए।

उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्।

घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको उपाध्यक्ष राईले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here