आज १३८ औं फाल्गुनन्द जयन्ती

0
561

झापा ।

राष्ट्रिय बिभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औ जन्मजयन्ती आज। पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ।

बिसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन्। उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ।

सानो उमेरमा धेरै विरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जिवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाईदिएकाले गाँउमा बोलाउने नाम फलामसिंह परेको जानकारहरुको भनाइ छ।

महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ।

यसैगरी किरात धर्मावलम्बीहरु बसोवास रहेको नेपालको विभिन्न भूभाग, भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्मजयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रुपमा पुजाआजा गर्नेगरेको पाईन्छ। समुदायमा रहेको सामाजिक बिसंगति, बिकृतीले गाँजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा उनले सत्यधर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए।

फाल्गुनन्दले किरात सामाजिक मुन्धुम ९शास्त्र०को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरउत्थानजस्ता कार्यहरु गरेका थिए। समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here