महागुरु फाल्गुनन्द लिङदेनको १३८औं जन्मजयन्ती मनाइयो

0
294

अर्जुनधारा ।

१६औं राष्ट्रिय विभूती एवम् समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३८औं जन्मजयन्ती शुक्रबार विविध कार्यक्रम गरि मनाइएको छ ।

झापाको अर्जुनधारा–१स्थित किरात चोत्लुङ गुरु माङगेना सेवा समितिका अध्यक्ष मकरध्वज एक्तेनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

महागुरु लिङदेनको तस्वीरमा माल्यार्पण, १३८ वटा दिप प्रज्वलनलगायत कार्यक्रम गर्दै उद्घाटन गरिएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा किरात भाषा र लिपि संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषको लागि एक लाख रुपैयाँ प्रदान गर्ने दाता दिलकुमारी लिम्बू राई र अर्जुनधारा–१ वडा समिति कार्यालयका पूर्व वडा सचिव खगेन्द्र लिङदेन रहेका छन् ।

सोही कार्यक्रमको अवसरमा हाल मलेसीयामा रहेका स्थानीय मीनकुमार एक्तेनले माङहिम निर्माण गर्नका लागि एक लाख आठ सय आठ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि तामाङ, अर्जुनधारा–१ वडा समितिका वडाध्यक्ष उपेन्द्र बस्नेत, नगर सभा सदस्य मदन लिमेल मगर, भाषा, कला र साहित्य वडा समितिका सचिव झमलाल पौडेललगायतले मन्तव्य राखेका थिए ।

समितिका उपाध्यक्ष रामसिंह योङहाङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव वीजेन्द्रकुमार एक्तेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here