पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ

0
252

काठमाडौँ,

पाकिस्तानको १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य संकटको अवस्थामा रहेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताएका हुन् । विश्वभर फैलिएको कोभिड महामारी र हालै पाकिस्तानमा आएको विनाशकारी बाढीले खाद्य संकटको अवस्थालाई अझ खराब बनाएको उनको भनाइ छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उपप्रतिनिधि टोइरोभले मुलुकको ४५ लाख एकड जमिनमा लगाइएको बाली नष्ट भएको समेत जानकारी दिएका छन् । उनले पाकिस्तान सरकार एवम् अन्तर्राष्ट्रिय साझेदारहरुलाई गरिबी निवारणका लागि समेत आह्वान गरेको डनले जनाएको छ ।

उच्च मूल्यवृद्धि, खडेरी, चौपायामा लाग्ने रोगजस्ता कारण पाकिस्तानमा खाद्य असुरक्षा बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here