सुरुङ्गामै पहिलो शैक्षिक कन्सल्टेन्सी

२६ कार्तिक २०७९, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

सुरुङ्गामै पहिलो शैक्षिक कन्सल्टेन्सी ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिस शुरु भएको छ ।

विदेशमा उच्च तहमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई आवश्यक परामर्श दिने र सहजीकरण गर्ने उद्देश्यका साथ शुरु भएको ग्लोबल मार्कले झापा जिल्लाका कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगर क्षेत्रका विदेशमा उच्च तहको अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरेर कन्सल्टेन्सी खोलिएको शाखा प्रमुख सञ्जीव भट्टराईले जानकारी दिए ।

करचुक्ता, आयस्रोत, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, शैक्षिक योग्यता तथा अनुभवका कागजात, अन्तर्वार्ता तयारी सम्बन्धि ज्ञान, सीओई सम्बन्धि, एसओपी, वर्किङ र स्टडी ओरिएन्टेशन लगायतका आवश्यक कागजात तयार गर्न सहजीकरण गर्ने परामर्शदाताका रूपमा काम गर्ने प्रमुख सञ्चालक भूवन भण्डारीले बताए । सो कन्सल्टेन्सीमा अंग्रेजी, कोरियाली र जापानी भाषा प्रशिक्षणका साथमा टोफल, आइल्ट्स् र इपीएस तयारी पनि गराइन्छ ।

अब विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले काठमाण्डौं, बिर्तामोड र दमक जान नपर्ने सबै परामर्श सेवा सुरुङ्गामै प्राप्त गर्न सकिने भएको छ । यस क्षेत्रमा रहेका विद्यार्थीहरूले विदेश अध्ययनका निम्ति परामर्श सेवाका लागि बिर्तामोड, दमक र काठमाण्डौ दौडने गरेको दुःखलाई बुझेर सुरुङ्गामा कन्सल्टेन्सी सेवा सुचारु गरेको ग्लोबल मार्कका केन्द्रीय कार्यालय काठमाण्डौका सञ्चालक दीपक कोइरालाले बताए ।

कोइरालाले विश्वका २४ देशहरूमा अध्ययनका लागि विश्वविद्यालय छनौट तथा भिसा प्रक्रिया कामहरू गर्ने बताए । सुरुङ्गा क्षेत्रमै बसेर विद्यार्थीहरूले अमेरिका, बेलायत, क्यानाडा, अस्टे«लिया, न्यूजिल्यान्ड, आयरल्याण्ड, इटाली, जापान, साईप्रस, जर्मनी, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड्स्, मलेसिया, दुबाई, भियतनाम, डेन्मार्क, सिङ्गापुर, फ्रान्स, माल्टा, हंगेरी, स्वीट्जरल्याण्ड, स्पेन, चीनसहित २४ देशमा अध्ययनका लागि जान ग्लोबल मार्कले सहजीकरण गर्ने बताएको छ ।

विश्वका विभिन्न मुलुक र नेपालमै पनि विगत १५ बर्षदेखि शैक्षिक क्षेत्रमा रहेका शिक्षकहरूले अध्ययन अध्यापन गराउने यस सेन्टरमा अनलाइन कक्षाबाट समेत विद्यार्थीलाई सेवा दिइने र यस सेन्टरबाट मूल विषय अंग्रेजी लिई कम्तीमा स्नातक गरेको र नेपालमा शिक्षक लाइसेन्स भएका शिक्षकहरूलाई ग्लोबल शिक्षकका लागि समेत रोजगारी दिएर त्यहाँ अध्यापनका लागि पठाउने समेत सञ्चालक कोइरालाले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here