भन्सार छलेर ल्याएका दुई कारसहित एक जना पक्राउ

0
176

काठमाडौं ।

भक्तपुरबाट भन्सार छलीका दुई वटा कार प्रहरीले बरामद गरेको छ ।

बिहीबार प्रहरीले विशेष सूचनाका आधारमा सूर्यविनायक नगरपालिका–९ पलासेबाट ‘टोयोटा’ कम्पनीको ‘एटिएस’ कार र सूर्यविनायक–८ आदर्शचोकबाट फोर्ड कम्पनीको ‘एकस्पोर्ट’ जिप १ थान गरी २ थान सवारी साधन बरामद गरेको हो ।

सो गाडीसहित प्रहरीले भक्तपुरको सूर्यबिनायक–९ पलासेका २६ वर्षीय रवीन ओझालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा भन्सार छली चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री वितरण गर्ने उद्देश्यले राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती दुई गाडी फेला पारेको थियो ।

पक्राउ परेका ओझालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here