छविराज ढकाल/ पथरीशनिश्चरे,

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मोरङ्ग क्षेत्र नं ३ का प्रतिनिधि र प्रदेश सभा सदस्य पदका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुले चुनावी कार्यक्रमलाई तिव्रता दिएका छन्।
शनिबार मोरङ्गको कानेपोखरी गाउँपालिकाका विभिन्न टोल र चोकहरुमा चुनावी घरदैलो तथा कोणसभा आयोजना गर्दै उनीहरुले मतदाताहरूलाई मत मागेका हुन्।
नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका डा. सुनिल शर्माले कानेपोखरी -६ को रमाइलो वरगाछीमा स्थानीय यूवाहरुलाई नेपाली काँग्रेस पार्टीमा प्रवेश गराउँदै संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्नुभएको थियो। उक्त अवसरमा डा शर्माले ७६ जना युवाहरूलाई खदा,अवीर र माला लगाएर स्वागत गर्नुभएको थियो।
यसैगरी, सोही वडाको विहीबारे चोकमा आयोजित कोणसभालाई नेपाली कांग्रेसका प्रदेश-सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार महासमिति सदस्य तथा बाैद्विक ब्यक्तितब मान बहादुर लिम्बुले प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री स्वर्गीय शेखरचन्द्र थापाले उठाएका एजेण्डाहरुलाई साकार पार्न आफ्नो तर्फबाट पहल गर्ने बताएकाछन्।
स्वर्गीय थापाले यस निर्वाचन क्षेत्रको आदिवासी जनजातिको हक अधिकार स्थापित गर्दै अलपत्र परेका संग्रहालय सम्वन्धी सक्दो प्रयास गर्ने बताएका छन्। उनले ४० वर्ष देखि विद्यमान भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यस्तै, प्रदेश-सभा सदस्य पदको लागि जनजाति कोटाबाट समानुपातिक उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका मान प्रसाद लिम्बु युङसाहाङले आफ्नो उम्मेदवारी लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न र जनजीविकाका सबै सवालहरुलाई सशक्त रूपमा उठाउने रहेको बताएका थिए।


























