समाज उद्धार कल्याण संघको अध्यक्षमा पुनः गुरागाईं

0
272

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित समाज उद्धार कल्याण संघको अध्यक्षमा पुनः धर्मानन्द गुरागाईं चयन भएका छन् । संघको शनिबार सम्पन्न आठौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाबाट आगामी तीन वर्षे कार्यकालको लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर न्यौपाने, उपाध्यक्षद्वयमा राजन थापा र हरिभक्त बराल, महासचिवमा मेदनीप्रसाद ढुङ्गेल, सचिवमा गंगा थापा र कोषाध्यक्षमा कोपिला भण्डारी चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा अम्बिका पोखरेल, बबिता पोखरेल, दिपक भट्टराई, राजेन्द्र निरौला, डम्बरप्रसाद भण्डारी, खगेन्द्रप्रसाद अधिकारी, रामबहादुर बस्नेत, अमृता चापागाईं गुरागाईं, गणेश भट्टराई, टिका पोखरेल, देवका न्यौपाने, युवराज धिताल, सुरेश अधिकारी र सुरेश भट्टराई चयन भएका छन् ।

सोही अधिवेशनले देवेन्द्र मैनालीको संयोजकत्वमा तेजु बराल र भूपेन्द्र भट्टराई सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको निर्वाचन समितिका अध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी दिए ।


संघको कार्यालय परिसरमा अध्यक्ष गुरागाईंको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् ।

अधिवेशनमा संघका अध्यक्ष गुरागाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र महासचिव ढुङ्गेलले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी तीन लाख ९९ हजार छ सय १६ रुपैयाँ, जम्मा खर्च तीन लाख तीन हजार नौ सय ६६ रुपैयाँ र जम्मा बचत ९५ हजार छ सय ५० रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा ७५ वर्ष माथिका ८० जना ज्येष्ठ नागरिकलाई रुद्राक्षको माला र नगदसहित सम्मानित गरिएको थियो । अधिवेशनमा अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना “नविन”, सल्लाहकार सदस्यद्वय कमलप्रसाद गुरागाईं र भीमचन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका उपाध्यक्ष न्यौपानेले स्वागत गरेको उक्त अधिवेशनको सञ्चालन महासचिव ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here