झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा

0
455

झापा, 

नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताउनुभएको छ ।

मतदातासँगको भेटभाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताउनुभएको हो । उहाँले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताउनुभयो । महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गर्नुभयो ।

क्षेत्र नं १ मा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वकानुन मन्त्रीले अग्नि खरेलसमेत घरदैलो अभियानमा हुनुहुन्छ । उहाँले ग्रामीण क्षेत्रका अधिकांश स्थानमा पुगेर जनताको समस्या बुझ्ने र एमालेले गरेका कामका बारेमा चर्चा गर्दै आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here