मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम

0
153

म्याग्दी,

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन थालिएको छ ।

सदरमुकामको बेनी सामुदायिक माविमा आजदेखि शुरु भएको निर्वाचनसम्बन्धी अभिमुखीकरण दुई दिनसम्म चल्ने छ । तालिममा सहभागी भएका अधिकृतहरुलाई नमूना मतदान केन्द्र निर्माण गरी नमूना मतदान समेत गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनसम्बन्धी विषयमा अभिमुखीकरण गर्नुहुनेछ । मतदान अधिकृतलाई व्यवहारिक र सैद्धान्तिक विषयमा जानकारी गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनसम्बन्धी ऐनकानून, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्या, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत, सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइने जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज एक सय २० जनालाई तालिम दिइएको छ । आइतबार एक सय २० जनालाई अभिमुखीकरण गरिने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८२ मतदान स्थल, एक अस्थायी सहित एक सय २० मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन गराउन नौ सय ५६ कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here