आदर्श स्कुल अफ म्यानेजमेन्टको कप्तानमा अफजल

0
260

बिर्तामोड ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडका कक्षा ११ का विद्यार्थीकोे कप्तान तथा उपकप्तान छनौट निर्वाचन सम्पन्न भएको छ ।

लोकतान्त्रिक विधि ,उच्च प्रतिस्पर्धा ,मतदान शिक्षा ,मत परिणाम जस्ता बारे मा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिनका लागि विद्यार्थीलाई चुनावी व्यवस्थका बारेमा जानकारी गराइएको बताइएको छ । कलेजका शिक्षक नितेश साह मुख्य निर्वाचन अधिकृत भइ गरिएको निर्वाचनमा कप्तान तर्फ ८ जना र उपकप्तान तर्फ ६ जनाले भाग लिएका थिए ।

कुल १४८ मत खसेको मा कप्तान तर्फ विद्यार्थीहरु रिता थापा १४, काब्या ठ्कुरी २६ ,आवास श्रेष्ठ १०, बाबुल बिष्ट २१, अस्मिता अधिकारी ०२, युवराज दुलाल २६ , कौशल बानिया १० खसेको थियो । त्यस्तै उपकप्तान तर्फ एन्जिला शेर्पा २२, उषा पाचकोटि ४, नेहा बोहरा ३८, सृष्टि बुढाथोकी ६ , लक्ष्मी घिसिङ १६ प्राप्त गरे।

कप्तान तर्फ अफजल गुरुङले ३७ मत प्राप्त गरी बिजयी भए भने उपकप्तान तर्फ ५३ मत ल्याइ जेशिका राई बिजयी भइन् । कप्तान र उपकप्तानको चुनावमा १७८ जनामा १४८ मत खसेको थियो। कप्तान तर्फ २ र उपकप्तान तर्फ १४ मत बदर भएको थियो।

शिक्षकहरु मनोज बस्नेत ,बिनोद लामा ,इन्दिरा खड्का ,रामचन्द्र पोखरेल ,अनमोल गिरी, प्रवेश खनालले मतदान सहायकको रुपमा , अनुगमनमा बिजया भण्डारी ,भुवन दङाल र निर्वाचन आयोगका समितीका रुपमा सुधिर भट्टराई ,यज्ञराज कडरिया र दीपक दासले कार्यसम्पादन गरेका थिए ।

निर्वाचनमा विजयी विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण एकाडेमिक डाइरेक्टर बसन्त टण्डन क्षेत्री गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here