सामाजिक सञ्जालबाट उपचार खर्चको जोहो

0
96

गलकोट,

दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ ।

कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्तरुपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत् सहयोग अभियान चलाइएको थियो । सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये रु एक लाख परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ ।

“साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ”, कुँवरले भन्नुभयो, “हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गर्नुभएको छ, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ ।”

सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत् उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ । कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते हुनुभएको थियो ।-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here