एमाले सत्ता आएको एक बर्षमा धनीपुर्जा दिनेछौ: महेश बस्नेत

0
310

विमल दहाल, इलाम ।

आगामी मंसिर-४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएमा एक बर्ष भित्रमा भुमि सम्बन्धि समस्या समाधान गर्ने एमाले इलाम क्षेत्र नं १ का उम्मेदवार महेश बस्नेतले दाबी गर्नु भएको छ।

अधिकांश चुरे क्षेत्र समेटिएको माई नगरपालिका वडा नम्बर-१ का टोल भेलालाई सम्बोधन गर्दै बस्नेतले माई नगरपालिकामा उपभोग गर्दै गरेको ७२ प्रतिशत जमिनको धनीपुर्जा नभएकोले एमाले सत्ताले मात्र धनीपुर्जा दिने दाबी गर्नु भयो। बहाँले निर्बाचित भएको एक वर्षभित्र एमाले सत्ताले गर्ने छ, त्यसैले भुमिहिनको समस्या समाधान गर्न सुर्यमा मतदान गर्न आग्रह गर्नु भएको थियो।
यता इलाम क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्य उमेद्वार दिपक कुमार थेवेले आफु माईको मेयर रहँदा माईमा धनीपुर्जा दिन अन्तिम तयारी गरिएकोमा गठबन्धन सरकारले भुमि आयोगनै बिगठन गरेर माई लगायत बिपन्न भुमिहिन र एेलानी जमिन स्वामित्व भएका नागरिकलाई अन्याय गरेको बताउनु भयो। बहाँले प्रदेशमा आफुलाई र प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेद्वारलाई विजयी गराए जनताको धनीपुर्जा दिन कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नुभयो।

इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका महेश बस्नेत, नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल, जनता समाजबादीका कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तोयानाथ शर्मा सापकोटा, नेपाली कांग्रेस बिपिबाट गणेश प्रसाद पौड्याल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीबाट पदम बहादुर लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनबाट बुद्धीलाल मेचे र स्वतन्त्र निमा तेन्जिङ शेर्पा, नेत्र प्रसाद रेग्मी र बिक्रम पाण्डेले उमेरद्वारी दिएका छन्।

त्यसै इलाम क्षेत्र नं १ “ख” बाट नेकपा एमालेका दिपक कुमार थेवे, नेपाली कांग्रेसका शमसेर राई, जनता समाजवादी पार्टीका ओपेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र कुमार लामिछाने, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र कुमारी लुङ्गेली, मंगोल नेशनल अर्गनाइजेशनका प्रेम कुमार तामाङ उमेरद्वार रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here