पाकिस्तानी प्रहरीद्वारा बन्धक बनाइएकी ९ वर्षीया बालिका मुक्त

२८ कार्तिक २०७९, सोमबार मा प्रकाशित

काठमाडौँ,

पाकिस्तानी प्रहरीले बन्धक बनाइएकी एक जना ९ वर्षीया बालिकालाई मुक्त गरेको छ । पाकिस्तानी सहर फैसलावादको मदिना टाउनमा प्रहरीले ९ वर्षीया बालिकको उद्धार गरेको हो । मदिना टाउनको इडेन भ्याली क्षेत्रमा घरायशी कामदारका रुपमा कार्यरत उनलाई साङ्लोले बाँधेर बन्धक बनाइएको थियो ।

घरबाट भाग्न नदिन उनलाई घरधनी र उनका रोजगारदाताले साङ्लोले बाँधेर राखेका थिए । यसबाहेक उनलाई यातना समेत दिइएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । बालिकालाई बन्धक बनाइएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले घरधनी आशिफ र उनकी श्रीमती आलिया बिबीलाई पनि पक्राउ गरेको डनले जनाएको छ । मारिया बिबी नाम गरेकी ती बालिकालाई मासिक २ हजार पाकिस्तानी रुपैयाँमा घरायशी काम गराउन उनकी आमा रसूलान बिबीले रोजगारदाताको जिम्मा लगाएकी थिइन् ।

उनका रोजगारदाताले उनलाई दैनिक यातना दिँदै आएका थिए । उनीहरुले ती बालिकाको छाला तातो चक्कुले समेत काट्ने गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here