अर्जुनधारा जलेश्वर धाममा मंसीर १ गतेदेखि श्रीमद् ब्रह्माण्ड महापुराण सुरु

२८ कार्तिक २०७९, सोमबार मा प्रकाशित

अर्जुनधारा, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा मंसीर १ गतेदेखि श्रीमद् ब्रह्माण्ड महापुराण सुरु हुने भएको छ ।


४०औं धार्मिक अनुष्ठानकोरुपमा सुरु हुने उक्त महापुराणको उद्घाटन धाम परिसरमा नवनिर्मित गौरी मन्दिर तथा १०८ शिवलिङ्गका निर्माणकर्ता एवम् दाता कमल बस्नेतले गर्ने धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।
मंसिर ६ गते बालाचर्तुदशीका दिन विहान ४ बजेदेखि शतवीज रोपण गर्दै सम्पन्न हुने महापुराणका प्रमुख वाचक धामका व्यासाचार्य एवम् पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित हेमन्त भण्डारी रहेका छन् ।
महापुराण अन्र्तगत दैनिक रुद्राभिषेक, तण्डुलाचल, धन धान्याञ्चल, हवन, गंगा आरती, भूमिदानलगायतका कार्यक्रमहरु सञ्चालन हुने धामका कार्यक्रम सूचीमा उल्लेख गरिएको छ ।
त्यसैगरी मंसिर ५ गते साँझ ६ बजेदेखि लक्ष्यवर्तिका प्रज्वलन, झाँकीसहितको भजनकिर्तन र जाग्रामको कार्यक्रम रहेको धामका कार्यालय सचिव विष्णु भट्टराईले जानकारी दिए । महापुराण सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमिति गठन गरेको धाम व्यवस्थापन समितिले आम्दानी ४० लाख ५१ हजार एक सय ११ रुपैयाँ र खर्च १४ लाख एक हजार रुपैयाँ हुने अनुमान गरेको छ ।
त्यस्तै महापुराणमा सहभागी हुने भक्तजनहरुको लागि समितिले रमाईलो मेला पनि सञ्चालन गर्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here