मामाको आफ्नै भान्जाद्वारा हत्या

0
266

पथरीशनिश्चरे,

मोरङ्गको पथरी शनिश्चरे -१० घर भएका ४२ बर्षिय काजी महराको उर्लावारी स्थित आफ्नै दिदिको घर पाहुना गएका हत्या भएको छ ।

दिदी घर गएका महराको आफ्नै २२ बर्षे भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । मृतक महराको टाउकोमा गहिरो चोट लागेको थियो ।

मोरङ उर्लाबारी – ८ बस्ने २२ वर्षे भान्जा सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले मामा महराको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घाईते भएका महराको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here