स्वतन्त्रले दलका उम्मेदवारलाई किन सम्मान गर्ने ?

२९ कार्तिक २०७९, मंगलवार मा प्रकाशित

नेपालमा लामो इतिहास र संघर्षका बाबजुद दल निर्माण भएको हो । २००७ सालको जहानिया राणा शासनलाई अन्त्य गर्दै ३० वर्षीय पञ्चायती व्यवस्थालाई फ्याँक्दै दलहरु स्थापित भएका हुन् । त्यति मात्र होइन राजतन्त्रलाई फ्याँक्न पनि दलहरु सक्रिय थिए । विभिन्न लडाइँ, वैचारिक संघर्ष, त्याग र दश वर्षे जनयुद्धपछि नेपालमा ब्यालेटको व्यवस्था भएको हो । त्यसैको जगले २०७२ को संविधान निर्माण भएको पनि हो ।

केही राजनीतिक दलले अझै पनि संविधानपूर्ण नभएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । भनेको र सोचेको जस्तो संविधान नबन्दा अझै तिक्तता रही आएको छ । २०४७ को संविधान विभिन्न चरणमा परिमार्जित हुँदै आउँदा २०७२ को संविधान केही जनमुखीसम्म भयो । अझै जनतामुखी र आमनेपाली जनतालाई सम्बोधन र अधिकार दिने संविधान बन्न सकेको छैन । जनताले आ–आफ्नो दलहरुका नायिकेहरुलाई विभिन्न शब्दबाट झापड दिने काम भइरहेको छ । दलभित्र सुधारका काम पनि नभएका होइनन् । तर, कार्यान्वयन पक्ष फितलो भएको हुँदा नेपाली जनताको अगाडि दलहरु आलोचित बन्न पुगेको पक्कै हो ।

दलहरु विकास निर्माण प्रतिस्पर्धाभन्दा पनि दलभित्रै शक्ति सन्तुलनका कारण बढी आलोचित भएको तथ्य हो । यो रोग नेपाली कांग्रेसदेखि नेकपा एमाले र नेकपा माओवादीभित्र रहेको पाउँछौं । नतावाद, कृपावादका कारण भने जस्तो काम दलहरुले गर्न सकिरहेका छैनन् । उसबेला नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालाले दुइतिहाई हातमा हुँदाहुँदै पनि सत्ता सञ्चालनमा कठिनाई आएको भन्दै मध्यवधि निर्वाचन निम्त्याएका थिए । यता, नेकपा पार्टीले पनि बहुमतको सरकार हुँदाहुँदै अध्यक्ष केपी ओलीले बहुमतलाई लत्याउँदै प्रतिगामी कदम चालेर पार्टी फुटाए ।

यस्ता रोगले ग्रसित भएका दलहरुकै कारण स्वतन्त्र नामबाट आमजनतामा युवाशक्ति हुँ भन्नेहरुको उदय भएको पाइयो । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार हुँ भन्नेहरु बगरेल्ती देखा परे । संविधानले चुनाव लड्ने अधिकार दिँदादिँदै पनि स्वतन्त्र हुँ भन्नेबाट दलका उम्मेदवारहरुलाई विभिन्न लाल्छना लगाउँदै जनतामा झन् नङ्ग्याउने काम भएको पाइन्छ । निर्वाचन आचारसंहिताले एकले अर्कालाई आरोपको खेती नगर्न संहिता जाहेर गरे पनि स्वतन्त्र उम्मेदवार हुँ भन्नेहरुबाट दललाई नकारात्मक शब्द प्रयोग गरेर उम्मेदवारहरुलाई लाल्छना लगाएको हर्कतले दलहरु यो बेला दुःखी बन्न पुगेका छन् ।

संघारमा आमनिर्वाचन छ । जताततै खण्डन गर्ने कि जनताको घरआँगनमा पुग्ने त्यतिकै पिरलो छ । विगतमा गरिएका वाचाहरु नपुगेर उठेका नयाँ उम्मेदवारहरुलाई त्यतिकै दुःखीत् बनाएको छ नै नयाँ योजना र एजेण्डा पनि त्यस्तो फराकिलो नभएको हुँदा आउने दिनमा पुराना वाचाहरुलाई पूरा गर्दै नयाँ कामको थालनीमा लाग्ने उम्मेदवारहरुको तर्क छ ।

यस्तो अवस्थामा जनतामाझ पुग्दा आ–आफ्नो एजेण्डा र भावी रणनीति लिएर कसैले–कसैलाई आरोप–प्रत्यारोप नगरी जनतामाझ आएको खण्डमा त्यो नै स्वच्छ निर्वाचनको नमूना बन्न सक्छ । त्यसतर्फ स्वतन्त्र उम्मेदवार र दलका उम्मेदवारले सोच्नु जरुरी छ । त्यसैमा उत्तम रहने छ । एकअर्काले आरोप–प्रत्यारोपभन्दा पनि आफ्ना योजना र एजेण्डाहरु जनतामाझ पु¥याएर स्वतन्त्र उम्मेदवारहरुले दलका उम्मेदवारहरुलाई सम्मान गर्न सिक्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here