पथरी नगर अस्पतालमा गाइनो सेवा सञ्चालन

0
186

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा स्त्री रोग सम्वन्धि (गाइनो) सेवा सञ्चालनमा आएको छ ।

हप्तामा ३ दिन बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म सो सेवा उपलब्ध हुने भएको हो । डा. गरिमा भण्डारीले हरेक हप्ताको आइतबार, मंगलबार र बिहिबार प्रसूति सेवा उपलब्ध गराउने हेतुले गाइनो सेवा सञ्चालन भएको नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले बताउनुभयो।

यस अघिदेखि हड्डी तथा नसारोग बिशेषज्ञ डा. रबिकुमार शाहले हप्ताको २ दिन आइतबार र बुधबार सेवा उपलब्ध गराउँदै आउनुभएको छ भने फिजिसियन डा. अभिषेक थपलिय सोमबार र शुक्रबार सेवा उपलब्ध गराइरहेको नगर स्वास्थ्य शाखा प्रमुख आचार्यले जनाउनुभयो ।

रेडियोलोजिष्ट डा. विशाल प्रतिक मिश्रले सोमबार, बुधबार, शुक्रबार उपलब्ध गराइरहनुभएको छ । मानसिक रोग विशेषज्ञ डा. कञ्चन दाहाल मासिक रुपमा १ पटक सेवा प्रदान गर्दै आइरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here