स्थानीय निरोगिता प्रर्वधन सेवा सर्व समृद्धि निम्तिः सन्दर्भ मधुमेह दिवस २०७९

३० कार्तिक २०७९, बुधबार मा प्रकाशित

डा भक्तराज,

अर्थ–सामाजिक दृष्टिमा सदियौदेखि सम्पन्न परिवारमा देखिने भनिएको मधुमेहले बिपन्न वर्गमापनि उत्तिकै चापेको बिश्व स्तरीय अध्ययन अवलोकनले देखाइ राखेका छन हिजो आज । नामै काफी भने झै मधु भनेको गुलियो वा मिठो र मेह भनेको श्राव अथवा शरीरबाट निस्कने पदार्थ पिसाप/पसिना, हाम्रा मानव निरोगिताका अग्रजले हजारौ वर्ष अधिनै न्वारान गरेका भएपनि हामी अझै मधुमेहको ब्यवस्थापनमा रनभुल्ल रहेको देखिदै मात्र हैन हाम्रो आप्mनै उन्नति प्रगतिमा बाधा खेपि रहेका रहेछौ । विडम्बनानै भन्न पर्ला, मधुमेहको ब्यवस्थापन स्वयंले गर्न सकिने बिज्ञान सम्मत आधार देखिदा देखिद,ै समुद्रपारीकाले के भने तेतै अन्धाधुन्द दौडी रहेका छौ, तात्तातो अनुभव कोभिड१९ ब्यवस्थापननै हेरौन !

मधुमेह जस्लाइ चलन चल्तिको भाषामा चिनि रोग भनिन्छ र अधिकाशं जनमानसमा वशानुगत बिराम भनेर चिनिने गरेकोपनि छ तर वशंमा भएकाको रोकथाम तथा वशंमा नभएकामा बिराम देखिएकोपनि छ । यो सत्य तत्थ्यले के भनि रहेको छ त? यसैको वेहोस नपारीकन गरिने सल्यकृयाको जमर्को गर्न खाजिएको हो यो लघु प्रयास ।

अति विकशित भनिएका देशका विद्वानहरुनै भन्छन कि उनीहरुको जनसमुदायमा एक जना मधुमेहीले अर्को थाहा नपाइ बसेको हुने रहेछ । हाल त्यो सख्या घटाएर प्रत्येक तीन जना मा एकजनामात्र थाहा नपाएको बनाउनृमा प्रयत्नरत छन उनीहरु अरे । हाम्रोमा बिस २०५०/५१मै गरेको तराइको एक अध्ययनले प्रति १० जना मधुमेहीमा एक जनाले मात्र थाहापाएको भेटीयो ! हेरौत समस्याको गान्र्भीयता ।

कोभिडको महा–आतङ्कमा के देखियो, देखिएको मात्र हैन आधिकारीक अध्ययन अनुसन्धानले के भने? मधुमेह ग्रसित छु भनि थाहा पाउनेहरुनै सयकडा ८० जना कोभिड ग्रसित देखिए तर हामीले कोभिडको आतङ्क कम गर्ने नाममा मधुमेह उपचार गृहनै बन्द गर्यो । त्यो मात्र हैन, मधुमेह ब्यवस्थापन राम्रो भएको ठाउमा कोभिड आतङ्कनैपनि कम देखियो तर वास्विकता वास्ता गरिएन ।

निरोगिता प्रर्वधन स्वयंबाटै शुरु गर्नैपर्छ भन्ने बिश्व ब्यापी मान्यतालाइ दृष्टिगत गर्दै हाम्रो राम्रो झापाको के हालत छ त भनि खोजपूर्ण सन्देस सवैको जानकारीकालागि सर्व सम्पन्नतार्थ ।

विश्व विख्यात अध्ययनका आधारमा हाम्रो राम्रो झापामा मधुमेह प्रकोपको चाप घटदोक्रममा वर्णन गरिएको छ । मधुमेहको उचित ब्यवस्थापन गर्न सके कोभिड आफै नियन्त्रणमा आउने छिमेकि इलामले देखाइ सकेको परिप्रेक्षमा कोभिड नियन्त्रणका बाधा व्यवधान अझै नसकिएकाले मधुमेह दिवश मनाउन सान्दभिक देदिन्छ । स्थानीय सरोकारी हातेमालो गर्ने कि ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here