तुलसीपुर डान्स आइडलको उपाधि रेउलेलाई

१ मंसिर २०७९, बिहीबार मा प्रकाशित

दाङ,

तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले जित्नुभएको छ । दङ्गीशरण–४ वैबाङकी रेउलेले प्रथम स्थान हासिल गर्दै रु एक लाख पुरस्कार जित्नुभयो ।

डान्स आइडलको दोस्रो स्थानमा तुलसीपुर उपमहानगरपालिका–९ की सन्जु क्षेत्री तथा तेस्रो स्थान सल्यानको शारदा नगरपालिका–१० की सन्ध्या रानाले प्राप्त गर्नुभयो । उहाँहरुले क्रमशः रु ५० हजार र रु २५ हजार प्राप्त गर्नुभयो । यस्तै तुलसीपुर–६ की जीवा बुढाथोकीले सात्वना स्थान हासिल गरी रु पाँच हजार पुरस्कार पाउनुभयो ।

यसैबीच प्रथम तुलसीपुरमा जारी लोकसांस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको बुधबार समापन गरिएको छ । गत असोज २८ गते सुरु भएको सो कार्यक्रम ३२ दिनपछि सकिएको आयोजक संस्था मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीको जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here