करमैत्री वातावरण बन्दै

0
297

झापा,
झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८र७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिनुभयो ।

गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उहाँले बताउनुभयो । “केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।”

झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताउनुभयो । चालु आव २०७९÷८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरलाई रु तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको असोजसम्ममा रु ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उहाँको भनाइ छ । हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन् । जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन् ।

यसैबीच झापामा करदाता सप्ताह सुुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गरेको सो सप्ताहको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गर्दै कर्मचारीलाई करदातामैत्री बन्न आग्रह गर्नुभयो । उहाँले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताउनुभयो । “करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ ।”

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको गुनासो गर्नुभयो । झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताउनुभयो । “कर छल्नु ठूलो अपराध हो”, उहाँले भन्नुभयो, “कर तिरेरमात्र उपभोक्ताले उपभोग गर्नुपर्छ ।”

नेपाल चाटर्ड एकाउन्टेन्ट सङ्घ झापाका अध्यक्ष सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याउनुभयो । करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञसँग छलफल गरेर ल्याउनुपर्ने उहाँको सुझाव छ । त्यस्तै अगुवा व्यवसायी गोविन्द पोखरेलले कर तिर्न निजी क्षेत्र तयार रहेको बताउँदै करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

मङ्सिर १ गते सुुरु भएको कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मानसमेत गर्ने भएको छ । भद्रपुर कार्यालयअन्तर्गत टे«डिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि विर्तामोड र सेवातर्फ ओमसाई पाथिभरा हस्पिटल भद्रपुरलाई सम्मान गर्ने भएको छ । इलामअन्तर्गत टे«डिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथरअन्तर्गत ट्रेडिङतर्फ शिवगौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here